सरकारले गर्यो सुजाता कोइरालालाई ५० लाख दिने निर्णय

काठमाडौं २८ कात्तिक, ।

नेपाल सरकारले  कांग्रेसकी नेतृ एबम पूर्वमन्त्रि सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको छ ।

विशिष्ट पदाधिकारीलाई अधिकतम १५ लाखसम्म उपचार खर्च दिन सकिने गरी स्वास्थ्य मन्त्रालयले तयार पारेको उपचार खर्चसम्वन्धी मापदण्डलाई पन्छाउँदै ५० लाख दिने निर्णय सरकारले गरेको हो ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले ठाडो प्रस्ताव ल्याएर पूर्वपरराष्ट्रमन्त्री कोइरालालाई उपचार खर्च दिने निर्णय भएको छ । कोइराला स्तन क्यान्सर भएको छ । उनि थप उपचारका लागि आइतबार नै सिंगापुर प्रस्थान गरेकी छन् । उनले सरकारसंग एक करोड उपचार खर्च मागेकी थिइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया