पानीमाथि नै राजनिति र व्यापार


रुषा थापा भक्तपुर १२, साउन २०७९  काठ्माडौँमा नेपालको आधाभन्दा बढी जनसङ्ख्याहरु बसोबास गर्छन् । मानिसहरु विभिन्न सेवासुविधाको खोजीमा काठ्माडौँमा आफ्नो बासस्थान स्थापना गर्न आउँछन् । काठ्माडौँ हरेक सुविधामा सम्पन्न रहेता पनि यँहा पानीको समस्या धेरै नै रहेको छ । पानी मानिसको त्यो आवश्यकता हो जुन बिना बाँच्ने कल्पना पनि गर्न सक्दिैँन । मानिसलाई जन्मिएदेखि मृत्युसम्म नै पानीको आवश्यकता पर्छ । मानिस नै होस् या जीवजन्तुहरु पानीबिना आफ्नो जीवनयापन गर्न सक्दैनन् । मानिसलाई खानेदेखि हरेक कुरामा पानीको आवश्यकता पर्छ । पानी मानिस र जीवजन्तुहरुको त्यो आवश्यकता हो जुनबिना बाँच्न र केही काम गर्ने सक्दिैँन । तर पछिल्लो समयमा त नेपालमा पानीमाथि नै राजनिति र व्यापार भइरहेको छ ।


केहि समयअघि वा ४० वर्ष अघि उपत्यका भित्रका खोलाहरुमा बग्ने पानी राम्रो र स्वच्छ थियो । ।त्यो पानी खान देखि लिएर हरेक काम गर्नका लागि उचित थियो । त्यस्तै गरी उपत्यकाबाहिर रहेका खोला ,नदीनाला, कुवा, कोसी, ताल, पोखरी आदिमा बग्ने पानी पनि एकदम स्वच्छ र राम्रो थियो । पानीका स्रोतहरुमा फोहोरमैला पनि मिसाएको हुदैँन थियो र पानी स्वास्थ्ययोग्य हुने गर्दथ्यो । त्यस बेला मानिसहरु पानीलाई गंगाजलको नाम दिने गर्थे ।काठ्माडौँ नै होस् या कुनै जिल्लाको सदरमुकाममा ५ दर्शकअघि सम्म जनसङ्ख्या निकै कम मात्र हुने गर्थे । त्यससमयमा धेरै खेतीयोग्य जमिन , खुल्ला वातावरण, स्वच्छ हावापनी इत्यादि रहेको थियो । साथै जमिनभित्रबाट मूल फुटेर पानी धेरै नै बाहिर निस्कने पनि गर्दथ्यो । ढुङ्गेधारा, कुवा, तालपोखरी, आलहरु पनि धेरै नै रहेकाले त्यस समयमा मानिसहरुलाई पानीको समस्या थिएन ।मानिसहरु त्यससमयमा आफैँ ढुङ्गेधारा, मन्दिर, पार्टीपौवा,चौतारहरु निर्माण गर्ने गर्थे र उनीहरु धर्म हुन्छ भनेर वरपिपलहरु रोेपने पनि गर्थे । मानिसहरु त्यससमयमा आफूलाई दुःख भए अरुलाई वा आफ्नो भावीपुस्तालाई सुःख दिन चाहन्थे । मानिसहरु त्यससमयमा निकै सहयोगी भावनाका हुने गर्थे । अरुलाई दुःख र सुखमा हाँसिहाँसि साथ दिने भावनाका हुने गर्थे । तर अहिले प्रविधिसँगै मानिसहरुको व्यवहारमा पनि परिवर्तन आइसकेको छ । अहिले मानिसहरु दुःखमा आतिने र सुखमा मातिने खालका छन् ।


त्यस समय र अहिलेको मानिसहरुबिच निकै धेरै भिन्नता पाइन्छ । पहिले मानिसहरु सहयोगी भावनाका थिए भनी अहिलेका मानिसहरु कसैले पानी माग्दा पनि नदिने व्यवहारका छन् । पहिलाका मानिसहरुको मनमा मानवता थियो जसले गर्दा उनीहरु सहयोगी भावनाका थिए तर अहिलेका मानिसहरुमा मानवता एक रुपैँयाको पनि छैन । अहिले मानिसहरु कोही पाँचदिनदेखि भोकै छ भनी नि उसलाई केही दिने गर्दैनन्।मानिसहरु अहिले अरुलाई देखाउनका लागि ठुल्ठुल्ला भोजहरु लगाउँछन् र खानेकुराहरु भाडाको भाडा फाल्ने गर्छन् तर दुःखी ,गरिबलाई केही पनि दिदैँनन् । मानिसहरुले जमिन भित्रबाट मूल फुटेर पानीबाहिर आउने ठाँउमा सबै घर र बाटो बनाए । ढुङ्गेधारा देखि पार्टीपौवासम्म सबै मासेर घर निर्माण गरे । त्यस्तै गरी खोला,नदीनाला,तालपोखरी, कोसी आदिमा बग्ने पानीमा पनि ढल तथा फोहोर मिलाएर प्रदूषित बनाए । घर र बाटोका कारण अकाशबाट परेको पानी जमिनमा जान पाइन ।


यसरी आकाशबाट परेको पानी जमिनभित्र जान नपाउँदा जमिन पनि सुख्या हुदैँ गइरहेको छ । इनार, ढुङ्गेधारा आदिमा आउने पानी पनि सबै सुकिसकेको छ । यसरी मूलबाट नै पानी आउन छोडेपछि पानीको हाकार प्रत्येक दिन बढिरहेको छ । यहँी मौका छोपेर पानी व्यापारीहरुले विभिन्न नामको कम्पनी स्थापना गरे ।यस्ता कम्पनीहरुले जमिनभित्रको पानी बोङ्गि गरेर वा खोलाहरुको फोहोर पानी बोतल वा जारमा भरेर महंगो मूल्यमा बेचिरहेका छन् । यस्ता कम्पनीहरुले मानिसको स्वास्थ्यमा हानि पुप्याउने पानीलाई खानयोग्य छ भनेर बोतल तथा जारहरुमा भरेर बजारमा बेचिरहेका छन् ।त्यस्तै गरी एक वोतल पानीको २५ देखि ३० रुपैँया र एक जार पानीको ५० देखि ८०सम्म लिइन्छ । त्यहँी पनि व्यापारी नै पिछे भाउ फरक फरक पाइन्छ । पानी बोक्ने ट्यान्करले त्यँही खोलाको फोहोर वा बोङ्गि गरेको पानी भरेर ल्याउँछ । एक टयांकर पानीको टयांकर अनुसार २००० हजारदेखि ५००० हजारसम्म लिने गरिन्छ । तर पानी किन्ने धनीलाई यो पानी सस्तो हो या महंगो हो भनेर थाहा छैन ।


पानीमा सरकारले मूल्यनिर्धारण गरेको छैन । पानी कम्पनी र ट्यान्कर व्यवसायहरुले आफूखुसी भाउ राखेर महंगोमा पानी बेची जनता ठगीरहेका छन् । साथै यस्ता व्यवसायहरुले सरकारलाई राजस्व पनि तिर्दैनन् । कुचिएको वा फोहोर जारमा यस्ता व्यापारीहरुले महंगो रेटमा जनतालाई पानी बिक्री गरिरहेका छन् । पानी व्यापारीहरुले आफू कमाउन वा धनी हुन जनताको शरीरमाथि खेलबाड गरिरहेका छन् ।
यसरी जार तथा बोतलको पानी किनेर खाँदा कतिपय मानिसहरुलाई झाडापखाला तथा अन्य रोगहरुलाग्ने समस्याहरु देखा परिरहेको छ । सरकारले पनि त्यस्ता पानी व्यवसायहरुलाई अनुगमन गरी कारबाही गर्दैन । पानी व्यापारीहरुले राजनीतिक दललाई चन्दा दिएर सदस्य लिएर जनताको स्वास्थ्यमाथि असर पुप्याइ रहेका छन् ।पानीजस्तो महत्तवपूर्ण चिजमा सरकारले केही व्यक्तिहरुलाई व्यवसाय गर्ने दिँदा जनताको स्वास्थ्यमाथि दीर्घकालिन रोग देखा पर्ने समस्या आउन थालेको छ । अब सरकारले आफ्नो आँखा खोल्न आवश्यक भइसकेको छ । बजारमा जार र मिनी वाटरको नाममा बेचिने पानीहरुमा सबै फोहोर रहेका छन् । ती पानीहरु ध्मिलो र खानायोग्य रहेको छैन । मिनी वाटर तथा जारभित्र रहेको पानीमा कति फोहोर छ भनेर बाहिरबाट नै थाहा पाउन सकिन्छ ।


यसरी यस्तो फोहोर पानी पनि महंगो मूल्यमा किनेर खानुपर्ने बाध्यता जनतालाई रहेको छ । खुल्ला ठाँउ तथा ढुङ्गेधाराहरु नरहेकाले पानीको स्रोत कतै छैन जसले गर्दा बाटोमा हिड्दा तिखा लागेमा पनि पानी खान पाइदैँन । भएका सबै पानीका स्रोतहरुमा मानिसहरुले नै फोहोर तथा ढल मिसाएका छन् । बाटोमा हिड्दा तिखा लागेमा पैसा हुनेले त मिनी वाटर किनेर खान्छन् तर पैसा नहुनेले पानी पनि खान पाउदैँनन् ।
पानीका सबै स्रोतहरु मासिएको वा सुकेको कारणले गर्दा चराचुरुङगी , गाईवस्तु तथा जनावरहरुले पनि जति नै तिखा लागे पनि पानी खान पाउदैँनन् । उपत्यकाभित्र ६३४ ओटा ढुङ्गेधाराहरु थिए तर ती सबै मासेर घर तथा बाटो निमार्ण गरिएको छ भनी रहेकोमा पानी आउदैँन । वडाध्यक्ष र मेयरहरुले पहिलाका ढुङ्गेधारा,पार्टीपौवा, चौतरा, कुँवा, तालपोखरी आदिको खोजी गरी पहिला कै स्वरुप्मा ल्याउने कुनै विचार गर्दैनन् । आफ्ना वडामा कतिओटा यस्ता सार्वजनिक सम्पत्तिहरु थिए बनेर खोजी गरेर यिनीहरुको विकास गर्ने हो भनी यिनी वस्तुहरुको विकास हुदैँन थियो होला र ।


अहिले पानी नभएर मानिसहरुलाई जीवनयापन गर्न निकै कठिन भइरहेको छ । अकाशबाट परेको पानी जमिनभित्र जान नपाउँदा बाटोदेखि घरसम्म डुबानमा परेको छ । गाउँदेखि सहरसम्म जताततै घर नै घर बनेको छ । पछिल्लो समय मानिसहरु घर बनाउने अनि भाडामा लगाउने काममा बढी संलग्न रहेका छन् । त्यसैगरी घरधनीहरु घर भाडामा त लगाउने तर भाडाबस्नेलाई न पानी नै दिने न कुनै सेवासुविधा नै दिने गर्दछन् ।अहिले काठ्माडौँ देखि लिएर हरेक क्षेत्रका मानिसहरु पानी नपाएर पीडित भएका छन् मानिसहरु अहिले पानी किनेर खानेदेखि घरायसी काममा प्रयोजन गर्ने गर्दछन् । तर घरधनीहरुले कोठा भाडामा लगाईपछि पानी त दिनु पर्ने हो नि त । घरधनीलाई घरभाडा भन्दा पनि बढी त पानी किन्दा नै बढी पैसा तिर्नुपर्ने बाध्यता अहिले हरेक ठाँउको डेरावालको पहिले समस्याका रुपमा देखिन्छ ।
यसरी घरधनीहरु डेरामा बस्नेलाई पानी चाहिँ नदिने तर पैसा भनी चाहिँ महिनामहिनामा लिने गर्दछन् । घरधनीहरुले एउटा कोठाको एक महिनाको भाडा ५००० देखि १२००० हजारसम्म लिने गर्दछन् । घरधनीहरु पनि डेरावाललाई लुट्ने गर्छन् र पानी व्यापारीहरु पनि महंगोमा गुणस्तरहीन पानी बिक्री गरेर डेरामा बस्नेलाई लुट्ने गर्दछन् ।


यता जनता भनी गुणस्तरहीन तथा प्रदूषित पानी पिउनका लागि बाध्य रहेका छन् । भनी उता व्यापारी कमाउनमा नै व्यस्त रहेका छन् । के यिनीहरुले पानी जस्तो संवेदनशील चिजमा पनि राजनीति गर्न मिल्छ । अबदेखि पैसा हुनेले मात्र पानी खान पाउन्छन् र पैसा नहुनेले पानी नै नखाई मर्नु पर्ने दिन आइसकेको छ । पानी अहिले सेवा होइन व्यापारको रुपमा प्रयोग भइरहेको छ । सरकारले पानी त जनतालाई निःशुल्क दिन सक्दैँन भनी देशमा कसरी विकास गर्छ ।हामी जनताहरु पनि राजनीतिक दलहरुको झूठो भाषणा र पानी व्यापारीको ठगीधन्दाको बारे विरोध गर्न सक्दैनौँ । अब जनतामा कहिले चेतना आउने हो र कहिलेसम्म सहेर बस्ने हो । अब पनि बोल्ने बेला आएको छैन् र ।अझै पनि पानी व्यापारीहरुको यस्तो लुट र ठगको विरोधमा सञ्चारकर्मीहरुले कलम चलाउनुपर्ने दिन आएको छैन ।के सरकारभन्दा ठुलो पानी व्यवसायीहरु हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया