सरकारले पार्टी प्यालेसहरुको वर्गिकरण गरोस, हाम्रो अनुरोध छ ।

नवराज चौलागाँइ
सञ्चालक/प्रबन्ध निर्देशक
दिब्यश्वरी पार्टी प्यालेस, लोकन्थली भक्तपुर

१) दिव्यश्वरी पार्टी प्यालेस कसरी सञ्चालनमा ल्याउनु भयो ? यो व्यवसायमा हात हाल्ने सोच कसरी आयो ?

यो पार्टी प्यालेस सञ्चालन गर्ने सोच एउटा संयोगले भयो । मेरा भान्जाहरुको ब्रतबन्ध थियो ०६५ सालताका, त्यहाँ मामा चाहिने । एउटा पार्टी प्यालेसमा भान्जाहरुको ब्रतबन्ध गरियो । विहान देखि बेलुकीसम्म त्यँही पार्टी प्यालेसमा बसियो । त्यहाँ बस्दाखेरी त्यसको मालिकसँग कुरा गरेँ यो व्यवसायबारे । ठिक छ यो पेसा हात हाल्दाखेरी भन्ने कुरा भयो त्यहाँ । आफुलाई पनि एकदिनभर बस्दाखेरी एउटा प्रकारको अनुभव पनि भयो । अनि विशुद्ध फरक फिल्डको म, होटल लाइनबाट आएको पनि होइन । विशुद्ध नयाँ । राती सालो भाइसँग सल्लाह पनि गरेँ मैले । अनि पार्टी प्यालेस गरौं भन्ने कुरा भयो । त्यसपछि मैले भक्तपुर लोकन्थलको जग्गा हेरेर जग्गा धनीसँग गएर पार्टी प्यालेस गर्छौ हामीलाई जग्गा दिनप¥यो भनेँ । त्यसपछि हुन्छ, आफन्त हौ म रिजनेवल प्राइसमै दिन्छु भन्ने कुरा आएपछि त्यहाँबाट मैले यो व्यवसाय सुरु गरँे । सुरुमा मैले यहाँ ८५ लाख लगानी गरेको थिएँ । विस्तारै अहिले त मेरो यहाँ ६ करोड माथी लगानी भइसकेको छ । hh..hh

२) अहिले नेपालमा यस्तो प्रकारको व्यवसायको अवस्था अहिले कस्तो रहेको छ ?

भक्तपुर जिल्लामा भ्याटमा दर्ता भएका करिव करिव ७५ वटा जति पार्टी प्यालेस खुलिसकेका छन् । नेपाल भरीको एकिन डाटा त मसँग छैन । तर काठमाण्डौमा दर्ता भएका साँढे ३ सय भन्दा बढी पार्टी प्यालेस छन् भन्ने सुनिन्छ । ललितपुरमा डेढ सयकै हाराहारीमा छ । यसरी पार्टी प्यालेस त धेरै छन् । भित्रि भागहरुमा पनि खोलिएका छन । तर अब हामीले तथ्याङक हेर्ने भ्याटकै हो । सरकारले दिएको नम्र्स अनुसार भ्याटमा दर्ता भएकाहरुको मात्रै रेकर्ड छन् । मलाई लाग्छ, उपत्यकामा भ्याटमा दर्ता भएका र नभएका गरेर २ हजार भन्दा बढी पार्टी प्यालेस सञ्चालित छन् ।

३) अहिलेको राजनीति अस्थिरताको अवस्थामा यस्ता संस्थाहरुको बिजनेस कस्तो छ ?

यो व्यवसाय ब्यवसायिक हिसावले नराम्रो होइन । राम्रो हो । राजनीतिको कारणले गर्दाखेरी मार्केटमा गाह«ो छ । तपाइ मार्केटमा नियमित रुपमा जुन ब्यापारीसँग माल उठाउनु हुन्छ, आन्दोलन र हडतालका कारणले गर्दाखेरी सामान सर्टेज गराइदिन्छ । हामीले बुकिङ लिन्छौ मार्केट भाउ हेरेर । कति प्रतिशतसम्म काम गर्ने भनेर बुकिङ लिन्छौ । बुकिङ लिइसकेपछी उपभोक्ताले मार्केटमा रेट बढयो । मार्केटमा आन्दोलन भयो । खसिको मासु सर्टेज भएपछि भाउ बढाइदिन्छ । मिट आइटमहरु हवात्तै बढाइदिन्छ । डेरी आइटम दिनै सकिदैन भन्छन् । बुकिङ लिएका छौ खुवाउनै पर्छ । नाफा मात्रै हेरेर हुदैन । राजनीतिक अस्थिरताले गर्दाखेरी भयङकर समस्या छ । पार्टी प्यालेस ब्यवसायलाई मात्र नभएर हरेक ब्यवसायलाई अस्थिर राजनीतिले भयङकर समस्या ल्याएको छ । खासगरी हामीलाई चाँही अत्यन्त गाह«ो छ ।

४) पार्टी प्यालेस व्यवसायको सम्भावना र चुनौती के देख्नुहुन्छ ?

सम्भावना भनेको हामीले संघमा लगेर राजस्व कार्यालयहरुसँग पनि पटक–पटक हामीले अनुरोध ग¥यौ । हामीले के अनुरोध ग¥यौ भने क्याटोगोरी छुट्याइदिनुस् पार्टी प्यालेसहरुको क, ख, ग, घ गरेर । क बर्गको पार्टी प्यालेसलाई बर्षको यति भनेर तोकिदिनुस् भ्याट । अनि कसैले पनि लुकाएर खाने ठाउँ रहँदैन । हामीलाई पनि गाह«ो भएन । हामीलाई किन गाहो भएन भने हामीलाई कुनैपनि ब्यापारीहरुले भ्याट वील दिँदैनन । ९० प्रतिशत सामग्रीहरु भ्याट बाहेकका सामानहरु प्रयोग गर्नुपर्ने बाध्यता छ । प्यान बील हामीले आन्तरिक राजस्वलाई मात्रै खर्चमा देखाउन पाउने हो । पब्लिकसँग १३ प्रतिशत उठा र हामीलाई ल्याएर बुझा भन्छ सरकारले । हामीलाई मासुमा भ्याट लाग्दैन । सबैभन्दा महगो चिज त्यही हो । डेरीको आइटममा भ्याट लाग्दैन । चामलमा भ्याट लाग्दैन । भ्याट लाग्ने केमा भन्दाखेरी मैदा, तेल, चीनी, मसला आदिमा । जुन कति नै जान्छ र ? मार्केटमा जाँउ, तरकारी बजारमा भ्याट बिल दिँदैन प्यान वील पनि हुदैन । डोकोमा बोकेर ल्याएको त्यही साग सिजनमा २० रुपैया केजीमा किन्न पाइन्छ । त्यही साग अपसिजनमा साँढे दुइ सय केजी पनि हाल्नुपर्छ । खर्च देखाउन पनि गाहो र काम गर्न पनि गाहो छ । जवसम्म मुलुक सिस्टममा जाँदैन । तबसम्म कुनैपनि ब्यवसायलाई चुनौती छ ।

५) पाटीँ प्यालेस ब्यवसाय गर्दाका केही सुख र दुख छन् की ?deb22

यो व्यवसाय भनेको निकै संवेदनशील ब्यवसाय हो । मान्छेले खाने कुराको व्यापार हो । जिवनसँग प्रत्यक्ष जोडिएको बिषय भयो । त्यसले गर्दाखेरी दुख त भन्नुहुन्छ भने मेरो लाइफमा यति चाँही दुखको ब्यवसाय कुनैपनि छैन जस्तो लाग्छ । आफुले गरेर हो की त्यस्तो अनुभव छ । अव स्टाफहरु महिनावारी राखौ सिजनेवल ब्यापार हो । सिजनमा चल्ने तर अपसिजनमा नचल्ने । ६ महिना बन्दै गर्नुपर्ने अवस्था छ । राज्यले एकचोटी ल्याइदियो ५१ जना जन्ती भनेर । ल्याएकै हो । अहिले पनि त्यही नियम छ । ५१ जना जन्ती ल्याएर के हुन्छ र ?
सुरुको लगानी मेरोे ८०–८५ लाख हो । अहिले ८ बर्षमा प्रवेश गर्दैछ । अहिलेसम्म लगानी हेर्ने हो भने ६ को रेसियोमा अघाडी बढेको छ । त्यसको ब्याजमात्र हामी हिसाव गरौ न । यो त ब्यवसायमा हात हालि हालियो । पछाडी हटनु हुदैन, कुनैपनि ब्यवसायमा । घाटा नै लाग्यो भनेपनि धर्यता लिनुपर्छ । धर्यता लिएर अघाडी बढनु पर्छ । यो ब्यवसाय ३ ओटा कुराले चल्ने मैले देख्छु । पहिलो खाना गुणस्तरीय हुनप¥र्यो । मान्छेहरु आएर खाएपछि उनीहरुले नै ठिक छ भनेर विज्ञापन गर्ने हुनुप¥र्यो । दोश्रो भनेको ‘निट एण्ड क्लीन’ खोज्छ मान्छेले । सजावट पनि खोज्छ । आँखाले खाने भन्छ पहिला । पहिले मुखले होइन आँखाले खाने हो त्यसपछि मुखले खाने हो भन्छ हेनुर्स । आँखाले खाने वातावरण सिर्जना गर्नुप¥यो । तेश्रो कुरा सम्बन्ध हो । नाता, गोता, रिलेसन । यी तीन ओटा कुरा मिलाए लान सक्यो भने यो ब्यवसाय ठिकै छ ।
नेपालीहरको के छ भने एउटा ब्यवसाय गर्न लाग्यो र फष्टाउन लाग्यो भने साराले तपाइको त्यही ब्यवसायमा हात हालिदिने छ । मेरो पार्टी प्यालेस खोल्दाखेरी भक्तपुर जिल्लामा ६ देखि ७ ओटा मात्र थियो । अहिले मेरो पार्टी प्यालेसको दायाँ र बाँया वरीपरी १८ ओटा जति पार्टी प्यालेस नै छन् । लगनको दीन चल्ने हो विवाह भनेको । पार्टी प्यालेस कम भइदिएको भए एक हप्तासम्म पार्टीलाई मान्छेले रोक्थ्यो । तर अहिले त आज छोराको विवाह गर्छन्् भोली पार्टी गर्छन् । भयङकर प्रतिस्पर्धा छ । कल्पनै गर्न नसकिने प्रतिस्पर्धा छ ।

५) अन्त्यमा बिजनेसपाटी डटकमका पाठकहरुलाई सन्देश के छन ?

तपाइ उपभोक्ताहरु आउनुस् र हेर्नुस । दिब्यश्वरीको गुणस्तर हेर्नुस । हेरिसकेपछि तपाइहरुलाई सन्तुष्ट बनाएर पठाउने काम दिब्यश्वरी परिवारले अवश्य नै गर्छ । क्षमताको हिसावमा मैले राष्टपती कार्यलयमा पनि यहाँबाट खानाहरु लगेर खुवाएकै हो । नेपाली काङग्रेसको १३ महाधिबेशमा पनि खाना दिब्यश्वरीले नै खुवाएको हो । यहाँ पत्रकारहरुको पनि कार्यक्रम हुदाँ हामीले नै खुवाएका हौ । सबैले खाना राम्रो र हाइजनिक भनेका छन । यसमा हात हालिसकेपछि मुख्य कुरा खाना नै हो । खाना जिवनसँग जोडिएको कुरा हो । त्यो हुनाले आउनुस् दिब्यश्वरीले मिसावट रहीत खाना, उपभोक्ताकै अघाडी खसीको मासु तयार गरी हामी खुवाउछौ ।
प्रस्तुती रिसव गौतम

प्रकाशित मिति २०७३-११-३०

फेसबुकबाट तपाईको प्रतिक्रिया