सरकार परिवर्तनको विरोध सहित ओलीको समर्थनमा प्रदर्शन (फोटो सहित)

बिजनेसपाटी सम्बाददाता
काठमाडौँ ३१ असार

-सरकार बचाउ अभियानमा युवाहरु

-सत्तामोह छोड, देश विकासमा जोड’, २५ वर्षमा २६ वटा सरकार

-युवाको एउटै बोली विइआर विइथ केपी ओली

-सरकार हैन, प्रवृत्ति फेरौँ – विदेशी हैन स्वदेश हेरौँ

प्रधानमंत्री केपी ओली नेतृत्वको सरकार परिवर्तनको चर्को विरोध भैरहेको छ । राष्ट्रियता, स्वाधिनता र विकासका लागि ओली सरकारको निरन्तरताको माग गरिदै छ ।

वर्तमान सरकार परिवर्तनका पछाडि विदेशी शक्तिको हात रहेको भन्ने तथ्यहरु बाहिर आइरहेका वेला त्यसको विरोधमा युवाहरुले ओली सरकारको निरन्तरता हुनुपर्ने माग गर्दै प्रदर्शन गर्न थालेका छन् ।

ओली सरकार परिवर्तनको चर्को विरोधमा सामाजिक संजालमा #सरकार_ढाल्न_बन्द_गर ट्रेन्डिंङ् नै चलेको छ । सामाजिक संजालमा युवाहरुले ‘युवाको एउटै बोली विइआर विथ केपि ओली’ लगाएतका नाराहरु लगाइरहेका छन् ।

ओलीको पक्षमा ब्यापक जनसमर्थन

नयाँ संविधान बनेसँगै वर्तमान सरकारले चीन तथा भारतसँग स्वाभिमानी सम्बन्ध विकास गरेको, भारतको हेपाह प्रवृत्तिलाई परास्त गर्दै ५ महिने लामो नाकावन्दी खेप्दा पनि देशको स्वाभिमान भारतको अगाडि नझुकाएको, देश विकासका लागी महत्वपुर्ण योजना ल्याएकाले ओलीको पक्षमा ब्यापक जन समर्थन बढेको छ ।

प्रचण्ड र देउवा र भारतीय राजदुतलाई चेतावनी

स्थायी सरकार नै विकास तथा परिवर्तन सस्थागत गर्ने आधार बताइरहेका युवाहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई विदेशीको इसारामा सरकार गिराउन तथा फिराउने खेलामा नलाग्न चेतावनी समेत दिइरहेका छन् । युवाहरुले भारतीय राजदुत रञ्जित रेलाई चेतावनी समेत दिएका छन् ।  रेलाई आफ्नो कूटनैतिक मर्यादामा रहन, छिमेकी देशमा सत्ता परिवर्तन गरी भोजभतेर गरी नृत्य नगर्न समेत खबरदारी गरेका छन् ।

काठमाडौंमा  प्रदर्शन

ओली सरकारको समर्थनमा युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा शुक्रबार अपरान्ह प्रदर्शन गरेका छन  । ओलीको पक्षमा एक्यवद्धता जनाउँन माइतीघर मण्डलामा सयौ युवा जम्मा भएका थिए । प्रदर्शनका लागि उपस्थित सबैले पार्टीको झण्डा नभइ राष्ट्रिय झण्डा लिएर आएका थिए ।

पोखरामा प्रदर्शन

kp oli pokhara

विरोध स्वरूप शुक्रबार बिहान पोखरामा पनि र्याली निकालिएको थियो । राजनीतिक स्थिरताका लागि केपी ओली सरकारको निरन्तरता हुनुपर्ने माग गर्दै र्याली निकालिएको थियो । र्यालीमा सहभागी स्थानिय तथा युवाहरुले चिनिया सहयोगमा पोखरामा अन्तर्रा्ष्ट्रिय विमानस्थल, नेपाली आफैले बनाउने फास्ट ट्रयाक जस्ता विकासका कामहरु विदेशी दलालहरुलाई दिने गरी देउवा– प्रचण्ड गठवन्धन बनेको भन्दै विरोध गरेका थिए ।

हातमा विभिन्न प्लेकार्ड, ब्यानर तथा विभिन्न नारा लेखिएका सेता टि–सर्ट लगाएका हजारौँ युवाहरु सहभागी रहेको उक्त जुलुसमा ‘म केपी ओलीको साथमा छु, देशमा अहिले तिम्रो खाँचो छ, अघि बढ्नु यसै गरी, अडान राख्नु चट्टान सरी, फेर्नु छ चाँडो देशको मुहार, विदेशी दलालहरु होसियार !, सत्ता मोह छोड, देश विकासमा जोड’ जस्ता नारा लेखिएका ब्यानर तथा प्लेकार्डहरु प्रदर्शन गरिएका थिए । सत्ता परिर्वतनका कारण देशविकास हुन नसेको भन्दै सबै दललाई खबरदारि गर्न र्याली निकालेको युवाहरुले बताए । by bizpati

फेसबुकबाट तपाईको प्रतिक्रिया