सरकार परिवर्तनमा भारतीय मिडिया खुसी, भारतीय पत्रिकाहरुले यस्तो गरे विश्लेषण

काठमाडौं १० श्रावण ।

केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि  भारतले कसरी लिन्छ ? यो आम चासोको बिषय थियो  । किनकि ओलीले भारत  विरोधी छवी बनाएको थिए  । ओली सरकार बहिर्गमनलाई भारतीय मिडियाले सकारात्मक रुपमा लिएका छन्।
भारतको संस्थापनसँग नजिक रहेको पत्रिका दी टाइम्स अफ इन्डियाको हिन्दी संस्करण नवभारत टाइम्स लेख्छ –
यस संकटको अवस्थामा भारतको तर्फबाट आधिकारिक सुत्रले भनेको छ ‘अब समस्यालाई समाधान गरिन्छ। नेपाल लोकतन्त्रको दिशामा लगातार अगाडि बढिरहेको छ।’

पत्रिकाले अगाडि लेखेको छ, ‘प्रचण्ड नेपालको आगामी प्रधानमन्त्री हुन सक्छन्। इन्डिया नेपालमा नयाँ सरकारलाई पूर्ण समर्थन दिन्छ। साथै भारत नेपालसँग रणनीतिक साझेदारीलाई बलियो बनाउनेछ।’ पत्रिकाले शीर्षकमै नेपालमा सरकार परिवर्तन भारतको पक्षमा रहेको खुलेर लेखेको छ।

टाइम्स अफ इन्डियाले समाचार एजेन्सी एएनआइबाट लिएको समाचार प्रकाशित गरेको छ जसमा केपी ओलीलाई उदृत गर्दै भनिएको छ, ‘मैले राम्रो काम गरेवापत सजाएँ पाएँ।’

भारतको अर्को लोकप्रिय पत्रिका हिन्दुस्तान टाइम्सले भारतको सहनशीलताको परिणाम मिलेको भन्दै समाचार लेखेको छ। हिन्दुस्तान टाइम्सका अनुसार भारतका सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव एस जयशंकरले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेका थिए। उनीहरुको नेपाल नीति आलोचनाको केन्द्रमा रहेको पत्रिकाले लेखेको छ। सत्ता परिवर्तनले भारतीय नीतिलाई सघाउने समाचारमा उल्लेख छ।

तर पत्रिकाले पूर्व राजदूत शिव शंकर मुखर्जीलाई उदृत गर्दै लेखेको छ, ‘नेपालमा सरकार निर्माणको म्युजिकल चियर चलिरहेको छ। यो क्रममा प्रचण्ड र ओलीको सहकार्य टुटेको मात्र हो। आगामी दिनको राजनीतिक विकासक्रमले अन्य कुरा के हो भन्ने तय गर्छ त्यसकारण हेर्दै जाउँ।’

अर्का डिप्लोमेट एम के भद्रकुमारलाई उदृत गर्दै पत्रिकाले अहिल्यै कुनै निश्कर्षमा पुग्नु गलत हुने जनाएको छ। भद्रकुमारले भनेका छन्, ‘आगामी सरकारबारे हामीले अहिल्यै कुनै निस्कर्ष निकाल्न मिल्दैन। सबै साना मुलुकलाई शक्ति कसरी सन्तुलनमा राख्ने जानकारी हुन्छ।’by bizmandu..

फेसबुकबाट तपाईको प्रतिक्रिया