सर्पले डसेर कञ्चनपुरमा एकको मृत्यु

काठमाडौँ १४ असार
कञ्चनपुर- कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–५ खजुवाका ३० वर्षीय गोविन्द साउदको सर्पले डसेर मृत्यु भएको छ। दुई दिनअघि सर्पले डसेर विरामी भएका साउदको उपचारका क्रममा मंगलबार बाँकेको कोहलपुरस्थित अस्पतालमा मृत्यु भएको हो।
सर्पले डसेका साउदलाई तत्कालै उपचार केन्द्र अर्जुनीमा लगिए पनि एन्टिस्नेक भेनम नहुँदा उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको स्थानीय शिवि लुहारले बताए।  ढिलो गरी अस्पतालमा पुर्याउँदा उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया