सर्वोच्च ब्याजदर सहित सिभिलको “सगरमाथा बचत खाता”

बिजनेसपाटी ९ फागुन ।
सिभिल बैंक लिमिटेडले सर्वोच्च ब्याजदर पाइने बचत खाता योजना “सगरमाथा बचत खाता” ल्याएको छ । बैंकले यस बचत खातामा सर्वोच्च १०% वार्षिक ब्याजदर प्रदान गर्नेछ । न्यूनतम मौज्दात दश हजार रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस. बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा ५०% छूटका साथै रु ५ लाखसम्मको दूर्घटना मृत्यु÷अपाङ्गताको निःशुल्क बीमाको ब्यवस्था गरिने कुरा बैंकले जनाएको छ ।

विद्यमान अवस्थामा सर्वोच्च ब्याज दरका साथै अन्य बैंकिङ सेवामा निःशुल्क÷बिशेष छूट सहितको यस बचत खाताबाट ग्राहकहरु लाभान्वित हुने बैैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा प्रदान गर्दै जाने बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया