सशांक कोइरालाको स्वास्थ्यमा थप सुधार
विजनेसपाटी सम्बाददाता
काठमाडौं २३ असार
नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वाथ्य अवस्थामा थप सुधार आएको छ । बिहिबार बिहान कोइरालाको अवस्थाबारे जानकारी दिन अस्पतालमै आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रवक्ता डा लव जोशीले स्वास्थ्यमा थप सुधार आएको बताएका छन्
जोशीले अहिलेकै अवस्था कायम राख्न सकिए अब आशा गर्न सकिने ठाउँ रहेको भनेका छन् तर भेन्टिलेटरमै रहेकाले खतरामुक्त भने नरहेको बताए ।
उनले ओम अस्पतालमै उपचार सम्भव रहेको भन्दै परिवारले विदेश लैजाने विषयमा कुरा नगरेको बताए ।
‘हामीले गरिरहेका छौं, अहिले परिवारले पनि विदेश लैजाने कुरा गर्नु भएको छैन, हामीलाई अहिले काम गर्न दिनुस्,’ उनले भने ।
विदेश लैजानै परेको खण्डमा भने आवश्यक परामर्श गरेर लगिने तर त्यसका लागि पनि अवस्थामा थप सुधार आउन जरुरी रहेको उनको जानकारी दिए ।
शशांकले पछिल्लो समय मान्छे समेत चिन्न थालेको र ताजा रिपोर्टमा ब्लड प्रेसर १२०–५० , मुटुको चाल ९२ प्रतिमिनेट हुनुका साथै पिसाव पनि हुनुपर्ने जति भइरहेको अस्पतालले जनाएको छ । यस्तै मुटु र मृगौलामा देखिएको समस्यामा पनि क्रमिक रुपमा सुधार भइरहेको छ ।
मंगलबार राती स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले ओम अस्पताल लगेको थियो भने बुधबार बिहान अवस्था नाजुक बनेपछि भेन्टिलेटरमा सारिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया