सस्तोमा सुन किन्न खोज्दा ४० लाख गुमेपछि…

काठमाडौं–४ असार

सस्तोमा सुन किन्न खोज्दा ४० लाख रुपैयाँ गुमेको छ । ४० लाखमा एक किलो सुन दिने भन्दै एक युवक नाटकीय शैलीमा पैसा लिएर फरार भएका हुन् । सिरहाका सन्तोषकुमार यादव र नीरजकुमार यादवको ४० लाख रुपैयाँ गुमेको हो ।

यादवद्वयलाई सिरहाकै अमर सोनी र नवीनकुमार चौधरीले ठगेका हुन् । गौशालाको एक होटेलमा पैसा लिएपछि अर्को कोठाबाट सुन लिएर आउने भन्दै सोनी पैसा लिएर फरार भएका हुन् । सोनीका साथी नवीनलाई भने प्रहरीले पक्राउ गरेको छ । सोनी भागेपछि नवीनलाई सन्तोष र नीरजले बानेश्वरमा बन्धक बनाएका थिए ।

एक व्यक्तिको अपहरण गरी बन्धक बनाइएको सूचनाका आधारमा प्रहरीले बिहीबार बानेश्वरको मागेश्वर मार्गस्थित राम उद्गार यादवको घरमा छापा मारेर चौधरीलाई उद्धार गरेको थियो । अनुसन्धान गर्दा चौधरीका साथीले ४० लाख लिएर भागेपछि उनलाई बन्धक बनाइएको खुलेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया