सहकारीको सोह्र करोडको कारोबार
कञ्चनपुर, ५ कार्तिक ।
शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्थाले रु १६ करोडको कारोबार गरेको छ ।
कर्मचारी वोनस र आयकरको रकम कटौती गरी सहकारीले आर्थिक वर्ष २०७३/७४ मा रु २१ लाख पाँच हजार नाफा आर्जन गरेको छ । सहकारीले रु १४ करोड २० लाख ८४ हजार उत्पादनशिल क्षेत्रमा कर्जा लगानी गरेको सहकारीका प्रबन्ध सञ्चालक मदनराज भट्टले जानकारी दिनुभयो ।
सहकारीमा सात हजार सदस्यको रु सात करोड सात लाख ४२ हजार रकम बचत रहेको छ । सहकारीले रु छ करोड ५० लाख ३८ हजार नेपाल राष्ट्र बैंक, बाणिज्य तथा विकास बैंक, वित्त कम्पनीबाट सापट लिएको छ । रु एक करोड ५० लाख ६३ हजार सहकारीको शेयर पूँजी रहेको छ । सो सहकारीको सम्पत्ति रु १५ करोड बरावरको रहेको छ । बेरोजगार युवालाई स्वरोजगार बनाउन स्वरोजगार कोषसँग सम्झौता गरी ऋण लगानी कार्यक्रम लागु गरेको भट्टले बताउनुभयो ।
“संस्थाको लक्ष्य प्राप्तिका लागि तीन वर्षे रणनैतिक योजना तयार गरी लागू गरेका छौं,” उहाँले भन्नुभयो । योजनाअनुसार सहकारीको सदस्य संख्या सात हजारबाट वृद्धी गरी १० हजार पु¥याउने, शेयर पूँजी वृद्धी गरी रु तीन करोड पु¥याउने तथा संस्थाको सम्पत्ति रु १० करोडले वृृद्धी गरी रु १५ करोड पु¥याउने लक्ष्य लिइएको छ । विसं २०६५ मा २५ जना युवाले रु एक लाख ३२ हजार शेयर पूँजीबाट सो सहकारी सञ्चालनमा ल्याएका थिए । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया