सहयोगी विकास बैंकले २० प्रतिशत बोनस दिने

बिजनेसपाटी २९ भाद्र

सहयोगी विकास बैंकले २० प्रतिशत बोनस सेयर तथा ४.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको भदौ २८ गते सम्पन्न २४६ औं बैठकले गत आर्थिक बर्षमा कमाएको नाफाबाट कुल २४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पूँजी ४२ करोड ३० लाख रुपैयाँ रहेकोमा २० प्रतिशत बोनसपछि चुक्ता पूँजी ५० करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।

राष्ट्र बैंकको स्वीकृति पश्चात प्रस्ताव गरेको लाभांश बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्न सक्नेछन् । गत आर्थिक बर्षमा बैंकले १३ करोड एक लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया