साँखुमा निशुल्क बाथरोग स्वास्थ्य शिविर
सगिता सुबेदी गौतम
काठमाडौँ ८ कार्तिक
रोटरी क्लव अफ साँखु (प्र) र बाथरोग मैत्री समाज केन्द्रको संयुक्त आयोजनामा शनिवार निशुल्क बाथरोग स्वास्थ्य शिविर सम्पन्न भएको छ । आरोग्य स्वास्थ्य सदन र गोसाइकुण्ड स्वास्थ्य केन्द्रको विशेष सहयोगमा निशुल्क बाथरोग शिवीर सम्पन्न भएको हो ।
वरिष्ठ बाथरोग विशेषज्ञहरु डा बुद्धि प्रसाद पौडेल र डा दिपा शाहद्धारा निशुल्क स्वास्थ्य परिक्षण गरिएको सो शिविरमा २०० जना भन्दा बढीले स्वास्थ्य जाँच गराएका छन । साँखुमा रहेको भाग्योदय उच्च माविमा सम्पन्न सो शिविरमा विरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो । सामाजिक उत्तरदायित्व वहन गर्ने शिलशिलामा सो शिविर सञ्चालन गरिएको गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रका प्रबन्ध निर्देशक जयन्द्र न्यौपानेले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया