साँगितिक जगतमा चर्चा बटुल्दै गोपाल सेन्चुरी (गीतको भिडियो सहित )

अशोक केसी

काठमाडौँ ३१ भदौ

साँगितिक जगतको भिडमा एउटा परिचित नाम हो गोपाल सेन्चुरी । “एक कल फोन गरेन पापिले”भन्ने लोक आधुनिक गित लेखनबाट साङ्गेतिक क्षेत्रमा प्रबेश गरेका गितकार रावाटोल २ ओखलढुंगामा जन्मनु भएको हो । हाल काठमाडौ बौद्धमा बसोबास गर्नु हुन्छ । लगभग एक दर्जन गित मा शब्द रचना गरिसक्नु भएका सेन्चुरी को मै दुखी,मादलुको ताल मा लै लै जस्ता लोक दोहोरी सङ्ग्रह बजारमा आइसकेका छन । जे जे तिमिले भन्दै गयौ ,के छ मेरो दोस, सम्पतिमा त्री नेत्र ,इस्वर दाइना छन भन्ने आधुनिक गीति एल्बम बजारमा आउने क्रममा छन ।आफ्नो जन्मभुमिको मायालाइ समेटेर गितकार गोपालले “सुन्दर ओखलढुंगा” भन्ने गित बजारमा सार्बजनिक गरि चर्चा बटुली सकेको छ। गोपाल सेन्चुरी शब्द रचना मात्र नभएर एउटा सफल ब्यबसायी पनि हुनु हुन्छ ।

२०५५ देखि शब्द रचना मार्फद साङ्गेतिक क्षेत्रमा यात्रा आरम्भ गर्नु भएका सेन्चुरीको पछिल्लो एल्बम” एउटा फुल “नामक गित बजारमा चर्चा बटुल्न सफल छ। गितकार सेन्चुरीले उक्त गितमा प्रेम लाई एउटा फुल भनी सम्बोधन गरेर शब्द मा प्रस्तुत गरेका छन भने निर्देशक जीवन सेन्चुरीले गितको कथा बस्तुलाई पुनर्जन्मको रुपमा भिडियो मा प्रस्ट्याएका छन । गितमा स्वर चर्चित गाएक स्वरुपराज आचार्यले भर्नु भएको छ भने अभिनय मा दुर्गेश थापा र गिताले गर्नु भएको छ । उक्त भिडियो छायाङ्कन अहिलेका ब्यस्त छायाकार रामेस्वर हुमागाइले गर्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया