साउदी नरेशद्वारा अर्थमन्त्री बर्खास्त

रियाद १६ कार्तिक

साउदी नरेश सल्मान विन अब्दुलाजिज अल साउदले यहाँका अर्थमन्त्रीलाई सोमबार बर्खास्त गरेका छन्।

खस्किदो अर्थतन्त्र र तेलकोे गिरावटलाई उकास्न मन्त्री र उच्च अधिकारीको तलव घटाउने जस्ता कडा निर्णयका बाबजुद देखा परेका जटिलताको प्रतिक्रियाका रुपमा नरेशबाट उक्त कदम चालिएकोे बताइएको छ। शाही आदेशले तत्कालिन अर्थमन्त्री इब्राहिम अल असफलाई वित्त बजार निगमका अध्यक्ष मोहम्मद अल जदानलाई राज्यमन्त्रीका रुपमा पुन नियुक्त गरेको छ।

सोही आदेशले खाद्य तथा औषधी प्राधिकरण एवं सार्वजनिक यातायात प्राधिकरण जस्ता प्रमुख संस्थाका प्रमुखहरुलाई समेत बर्खास्त गरेको छ। रासस/सिन्ह्वा

फेसबुकबाट तपाईको प्रतिक्रिया