साउन महिना भरि जानकी मेडिकलमा निशुल्क ओपिडी सेवा

काठमाण्डौ ३,साउन २०७९ प्रदेश नं २ को धनुषास्थित जानकी मेडिकल कलेजले ५० वर्षको शुभ वार्षिकोत्सवको अवसरमा ओपिडी लगायत अन्य केही स्वास्थ्य सेवामा निशुल्क सेवा प्रदान गर्ने भएको छ । श्रावन महिना भरि आन्तरिक चिकित्सा, शल्य चिकित्सा, स्त्री रोग, बाल रोग, आँखा, नाक कान घाँटी, अर्थोपेडिक्स, दन्त चिकित्सा, मनोचिकित्सा, चर्म अनि पिशाबका बिरामीहरूलाई निशुल्क ओपिडी सेवा प्रदान गर्ने भएको हो । त्यसबाहेक, जानकी मेडिकल कलेजले ल्याब परिक्षण, रेडियोलोजी, आईसीयु र एनआईसीयुमा र वार्डको शुल्कमा पनि २५ प्रतिशत छुट दिने भएको छ । त्यति मात्र नभएर जानकी मेडिकल कलेजले आफ्नो २४ घण्टा उपलब्ध एम्बुलेन्स सेवा पनि यो श्रावण महिनाभरि निशुल्क बनाएको छ ।

जानकी मेडिकल कलेजको अनुभवी डाक्टर प्रियंका शर्माले आइ ओ एम सँग आवद्द भएर अगाडि बढ्नु गौरवको कुरा भएको बताएकी छिन् ।आइ ओ एम ले अहिलेसम्म प्रदान गर्दै आएको साथ र सहयोगले आफूहरूमा उर्जा भरेको उनको भनाइ छ ।प्रदेश नं २ को धनुषास्थित जानकी मेडिकल कलेज स्तरीय मेडिकल शिक्षा प्रदान गर्दै दक्ष डाक्टरहरू स्थापित गर्ने लक्ष्य लिएर अघि बढिरहेको संस्था हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया