साउन १६ गतेसम्म आवेदन दिन सकिने गरी सानिमा बैंकको हकप्रद खुला

काठमाडौँ १२ असार

आइतबार देखि सानिमा बैंकले ५० प्रतिशत हकप्रद शेयर बिक्रि खुला गरेको छ। प्रति कित्ता १ सय रुपैयाँका दरले बैंकले १ करोड ५३ लाख १ हजार ४ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।  सानिमा बैंकका शेयरधनीले आगामी साउन १६ गतेसम्म हकप्रदका लागी आवेदन दिन पाउने छन। सानिमा बैंकका लगानीकर्ताले आफुसंग भएको शेयर संख्याको आधा अर्थात् ५० प्रतिशत शेयरका लागी आवेदन दिन पाउने छन।  राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब पुर्याउने योजना अनुरुप बैंकले हकप्रद शेयर निष्काशन गरेको हो ।

बैंकको हकप्रद वितरणपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ५९ करोड पुग्ने छ। बिक्री प्रबद्र्धकको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। सानिमा बैंकका इच्छुक लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकको कार्यालय नक्साल तथा सानिमा बैंकको मुख्य तथा शाखा कार्यालयबाट फारम लिन लिन सकिने छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया