साउन २० गतेदेखि सुर्य लाइफको हकप्रद

बिजनेसपाटी, काठमाडौँ ३ श्रावण 

साउन २० गतेबाट सुर्य लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले शेयरधनीहरुलाई २५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। गत असार २८ गतेसम्म कायम शेयरधनीले हकप्रदका लागी भदौ २० गतेसम्म आवेदन दिन सक्ने छन्  । प्रति कित्ता १ सय रुपैयाँका दरले कम्पनीले १२ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। इच्छुक शेयरधनीहरुले बिक्रि प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट, नयाँबानेश्वर तथा कम्पनीको शाखा कार्यालयहरुबाट हकप्रदका लागी आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

हाल चुक्ता पुंजी ५० करोड रुपैयाँ रहेकोमा हकप्रद वितरणपछी कम्पनीको चुक्ता पुंजी ६२ करोड ५० लाख रुपैयाँ पुग्ने छ । कम्पनीको शेयर स्वामित्व अनुपात संस्थापक ७० र साधारण ३० प्रतिशत रहेको छ। सुर्य लाइफले गत चैत अन्तिमसम्म ७० करोड ९ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया