साझा यातायातको नयाँ रुट तय, यस्ता छन् रुट !
काठमाडौँ २९ कार्तिक
साझा यातायातको नयाँ बसहरु चल्ने रुट तय भएको छ । केहि पुरानो रुट विस्तार भएको छ भने केहि नया रुटमा बस चल्ने भएका छन् । नया अपाङ्गमैत्री बसहरु चलाउन आवश्यक तयारी पुरा भएको समेत साझाले जनाएको छ । नया बसहरुमा व्हिलचियर सजिलै जान सक्छ भने मोबाइल चार्जको सुबिधा समेत छ । प्रधानमन्त्री प्रचण्डले बस सेवाको औपचारिक सुरुवात गर्ने छन् । साझाले काठमाडौं महानगरपालिको सेयर स्वामित्वका ३० नयाँ बस ल्याएको हो । कुन कुन हुन् तय भएका रुट ?
रुट नम्बर १: (१० वटा) लगनखेबाट जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-बसुन्धरा-सामाखुसी हुदै नयाँबसपार्कसम्म
रुट नम्बर २ः (१० वटा) एयरपोर्टभित्रबाट तिलगंगा-गौशाला-रातोपुल-जैनभवन-डिल्लीबजार-चारखाल-बागबजार- पुरानो बसपार्क- सहीदगेट- एनएसी-न्युरोडगेट-जमल-लैनचौर- ठमेल- सोह्रखुट्टे-नयाँ बजार-बनस्थली-बालाजुचोक-बाइपास हुदै नयाँबसपार्कसम्म
रुट नम्बर ३ः (१० वटा) कोटेश्वरबाट तीनकुने-मिनभवन-नयाँबानेश्वर-बबरमहल-माइतिघर-सिंहदरबार-सहीदगेट-त्रिपुरेश्वर-टेकु-कालीमाटी-सोल्टीमोड-रवीभवन-कलंकी-सीतापाइला हुदै स्वयम्भुसम्म । यो पूर्ण रुपमा नयाँ रुट हो ।
रुट नम्बर ४ः (८ बस) ग्वार्कोबाट बीएण्डबी हस्पीटल-सातदोबाटो-पाटन औद्योगिक क्षेत्र- लगनखेल-जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-गंगालाल हस्पीटल-न्युरो हस्पीटल-गोल्पुटार-हात्तिगौंडा-चपली हुँदै नारायणथानसम्म्म । सबै बसहरु सोही रुटबाट फर्किनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया