साढे ४५ लाख बचत खाता निष्क्रिय

काठमाडौं ०२ चैत्र।

नेपाल बंगलादेश बैंकमा पर्सा वीरगञ्जका अजय न्यौपाने, काठमाडौं गौशालाकी पूजा रुपाखेती, नुवाकोट विदुरका पूर्णबहादुर गुरुङले खोलेको खाता १० वर्षभन्दा बढी समयदेखि यता कारोबार भएको छैन । यस बैंकले उनीहरूजस्तै १ दशकभन्दा बढीसम्म खाता सञ्चालनमा नआएका २१ हजार ४ सय ९९ खातालाई निष्क्रिय भनेर सार्वजनिक गरेको छ ।

यो एउटा बैंकको उदाहरण मात्र हो । समग्रमा बैंक तथा वित्तीय संस्थामा खोलिएका कुल २ करोड ६० लाख बचत खातामध्ये ४५ लाख ५१ हजार ५ सय ९६ ओटा खाता हाल सञ्चालनमा छैनन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कुल खाताको १७ दशमलव ४८ प्रतिशत बचत खाता निष्क्रिय छन् ।

यदि कुनै ग्राहकको बैंक खाता २ दशकसम्म पनि कारोबार नगरी निष्क्रिय छ भने त्यस्तो बेवारिसे खाताको रकम सरकारले विकास खर्चमा प्रयोग गर्ने तयारी गरिरहेको छ । निष्क्रिय खातामा भएको जति रकम छ त्यो सबै सरकारीकरण गरिने प्रावधान बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) तेस्रो संशोधनका लागि बनेको विधेयकमा राखिएको छ ।

२० औं वर्षदेखि निष्क्रिय रहेको कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको खातामा न्यूनतमभन्दा बढी छ भने झिक्दा राम्रो हुनेछ । २० वर्षसम्म पनि निक्षेपकर्ताले पैसा झिकेनन् भने खातामा भएको रकम निकाल्न झन्झट हुनसक्छ । यस्तो रकम निकाल्न निक्षेपकर्ताले आप्mनो हो भनेर पुष्टि गर्न पर्याप्त प्रमाण जुटाउन सक्नुपर्ने छ । अभियान दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया