सात करोडको लगानीमा रिसोर्ट

काठमाडौँ २५ अशोज
धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकलाई लक्षित गर्दै १७ करोडको लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएन० का अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाको लगानीमा निर्माणधिन उक्त रिसोर्ट एक वर्षभित्र संञ्चालनमा आउनेछ । रिसोर्टको मुख्य भवन निर्माण भइसकेको छ ।

तीन वर्षअघि निर्माण थालिएको उक्त रिसोर्टको २० कोठा भएको भवन निर्माण भएको लामाले जानकारी दिए। स्थानीयबसीसँग करिब ८० रोपनीमा ३० वर्षका लागि भाडामा लिएर सुरू हुन लागेको रिसोर्ट दुई चरणमा बन्नेछ । पहिलोचरणको काम ८० प्रतिशत सकिएको छ, भने दोस्रो चरणको काम रिसोर्ट संञ्चालनमा आएपछि सुरू हुनेछ ।

रिसोर्टमा अत्याधुनिक सुविधाका साथमा रक क्लाइम्बिङको व्यवस्था हुनेछ । वरपर स्याउबारी समेत रहनेछ । पहिलोचरणमा रु १० करोड र दोस्रो चरणमा थप सात करोड लगानी हुनेछ । मुक्तिनाथमा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक उल्लेख्य संख्यामा आउन थालेकाले त्यसैलाई मध्यनजर गरेर लामाले रिसोर्ट संञ्चालनमा ल्याउन जुटेका छन् ।

बेनी–जोमसोम–कागबेनी र मुक्तिनाथ सडक संञ्चालनमा आएसँगै मुक्तिनाथ पुग्ने आन्तरिक र भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया