साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार शुभारम्भ, बन्यो देशकै ठुलो लघुवित्त
काठमाण्डौ २४ असार २०८०
साना किसान विकास लघुवित्त वित्तिय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरू भएको छ । आज आइतबार एक कार्यक्रमबीच साना किसान लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
आरएमडीसीको १०० कित्ता शेयर बराबर साना किसानको ८७ कित्ता शेयर स्वापमा राजी भएर दुवै संस्था मर्ज भएका हुन् । एकीकृत कारोबारको शुभारम्भ गर्दै अर्थमन्त्री प्रकाशशरण महतले मर्जपछि लघुवित्तको क्षमता र सेवा अझ फराकिलो हुने विश्वास व्यक्त गरेका छन् ।
मर्जरपश्चात् साना किसान लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा खेमबहादुर पाठक र प्रमुख कार्यकारी अधिकृतमा डा शिवराम प्रसाद कोईराला नियुक्त भएका छन् । लघुवित्तको सञ्चालकमा संस्थापक समूहबाट डा बाबुकाजी थापा, जयेन्द्र विक्रम शाह र समता पन्त ९भट्ट० र सर्वसाधारण समूहबाट उमेश लम्साल र भीमप्रसाद तिमल्सिना चयन भएका छन् ।
मर्जरपश्चत साना किसान लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । लघुवित्तको कूल पूँजी ८ अर्ब १२ करोड पुगेको छ । पूँजी र कारोबारका आधारमा लघुवित्त क्षेत्रकै सबैभन्दा ठूलो लघुवित्त संस्था बनेको दाबी सिइओ डा शिवराम कोइरालाले् बताए । लघुवित्त संस्थाले ७६ जिल्लाका ५५२ स्थानीय तहका लघुवित्त संस्था, साना किसान सहकारी र अन्य सहकारी गरी १ हजार ५७० साझेदार संस्थाहरुमा ४५ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ ।
कार्यक्रममा अर्थमन्त्री डा प्रकाश शरण महत, पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, पूर्वगर्भनर दिपेन्द्र बहादुर क्षेत्री, डेपुटी गर्भनर निलम ढुगाना, राष्ट बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्ट लगायत वित्तिय क्षेत्रका लब्धप्रतिष्ठित ब्यक्तिहरु, सरोकारवाला ब्यक्तिहरुको सहभागिता थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया