साना किसान विकास लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारकका लागि सन्राइज क्यापिटल नियुक्त
काठमाडौं १२ साउन २०८० ।साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड तथा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड आषाढ २४ गतेबाट मर्जर भई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार संचालन भएको छ ।
संचालन भए पश्चात साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बबरमहल, काठमाडौंकोे शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंलाई नियुक्त गरेको छ ।उक्त कार्य को लागि कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत डा.नबराज सिम्खडा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रम्ुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ द्धारा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया