सानिमा इक्विटी फण्डको निष्कासन आजबाट
काठमाडौं १२ मंसिर ।
सानिमा क्यापिटलले एक अर्ब २० करोड रुपैयाँको इकाइ निस्कासन गर्ने भएको छ। सानिमा बैंक कोष प्रबर्द्धक रहेको क्यापिटलले १० रुपैयाँ दरका १२ करोड इकाइ निस्कासन गर्न लागेको हो।
सात बर्षे बन्दमूखि योजनामा कुल १५ प्रतिशत अर्थात एक करोड ८० लाख रुपैयाँका इकाइ सानिमा बैंकले र सानिमा क्यापिटलले किन्ने छन्। बाँकी दश करोड २० लाख इकाइहरु मंसिर १२ देखि १५ गतेसम्म सर्बसाधारणलाई बिक्री गरिने भएको छ।
आस्वा सेवा दिने आफ्नो खाता रहेको बैंकबाट इकाइ खरीद गर्न चाहनले आवेदन दिन सक्ने जनाइएको छ । न्युनतम १०० इकाइ अर्थात एक हजार रुपैयाँको लागि आदन दिनुपर्छ। बढिमा २ करोड ४० लाख रुपैयाँसम्मको आवेदन दिने सकिने कम्पनीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया