सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

काठमाण्डौ ५ पौष २०७८

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त हुनु भएको छ । बैंकको सञ्चालक समितिले पाण्डेलाई ०७८ माघ १२ देखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
२०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डे असोज २०७८देखि सानिमा बैंककै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आउनु भएको थियो । बैंकिङ्ग क्षेत्रमा २६ वर्ष लामोे अनुभव संगाल्नु भएका पाण्डे यसअघि नविल बैंकमा १८ वर्ष काम गरिसक्नु भएको छ । कर्जाको विषयमा राम्रो विज्ञता राख्नुहुने वहाँले बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी निभाइसक्नु भएको छ भने सानिमा क्यापिटलको संचालक रहिसक्नु भएको छ । वहाँको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया