सानिमा बैंकको शाखा गोरखाको शक्तिचोकमा


काठमाण्डौं १२ फागुन २०७८  सानिमा बैंक लिमिटेडलेे मिति २०७८ फाल्गुन १२ गते गोरखाको शक्तिचोकमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवाविस्तार गरेको छ । उक्त शाखाकार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वयश्री मदन कृष्ण श्रेष्ठज्यू र श्री हरिवंशआचार्यज्यू (मह जोडी) तथा बैंकका प्रमुखकार्यकारी अधिकृत श्री निश्चल राज पाण्डेज्यूले संयुक्त रुपमा गर्नुभयो ।समुद्घाटन् समारोहमा मह जोडीले गोरखाको शक्तिचोकमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयोे ।

त्यसैगरी गोरखा नगरपालिकाका मेयर श्री राजन राजपन्तज्यूले सहज रुपमा सबैको पहुँचपुग्ने गरी सेवा प्रदान गर्न सुझाव दिनुभयो ।सानिमा बैंकका प्रमुखकार्यकारी अधिकृत श्री निश्चल राज पाण्डेज्यूद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्तगर्नुभयो ।सानिमा बंैकको देशका सातै प्रदेशमा १२३ कार्यालय र १०३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया