सानिमा बैंकद्वारा पाटन हस्पिटललाई सहयोग

बिजनेसपाटी १२ भाद्र ।

न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि सानिमा बैंक र पाटन हस्पिटलबीच आर्थिक सहयोग गर्न सम्झौता भएको छ ।

सो  सम्झौता अन्तर्गत सानिमाले उपचारका लागि प्रत्येक महिलालाई २० हजार रुपैयाँसम्म एकपटकका लागि सहयोग उपलब्घ गराउने बैंकले जनाएको छ ।

सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैँकको तर्फबाट मासिक एक रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ र उक्त जम्मा भएको रकम नारी उत्थानका लागि खर्च गर्ने लक्ष्य अन्तर्गत बैंकले पाटन हस्पिटलसंग यो सम्झौता गरेको हो ।

उक्त सम्झौतामा सानिमा बंैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र पाटन हस्पिटलका तर्फबाट हस्पिटल निर्देशक डा. बिष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया