सानिमा रिलायन्स लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं, फागुन १९, २०८१ । सानिमा रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले १५ लाख ६३ हजार ४८५ कित्ता शेयर विक्रीमा ल्याएको हो । शेयरधनीहरुको नाममा रहेको उक्त संस्थापक शेयर आज (सोमबार) बाट विक्रीमा ल्याएको छ ।

खरिद गर्न चाहने इच्छुक खरिदकर्ताले ३५ दिनभित्र आवेदन दिन सकिने छ । ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नक्सालबाट खरिद शेयरका बारेमा सम्पूर्ण विवरण खुलाई आवेदन दिन सक्ने व्यवस्था छ ।

विक्रेताले तोके बमोजिम शेयर भाउ हुने कुनरा कम्पनीको सूचनामा प्रष्ट उल्लेख छ । ३५ दिनको समयमा संस्थापक शेयर धनीले शेयर खरिद नगरे अन्यत्रै अथवा संस्थालाई शेयर बिक्री गरिने कम्पनीले सूचना मार्फत् जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया