सानिमा लाइफ इन्स्योरेन्सको कारोबार औपचारिक रुपमा शुरु

काठमाडौं २४ मंसिर ।

सानिमा लाइफ इन्स्योरेन्सले मंसिर २२ गते औपचारिक रुपमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले सो कम्पनीको उद्घाटन गरेका छन् ।

सानिमा बैक तथा प्रतिष्ठित गैर आवसिय नेपालीहरुको समूहले सानिमा लाईफ इन्स्योरेन्सको प्रबद्र्धन गरेका छन् ।

इन्स्योरेन्सले सानिमा दीर्घायु (सावधिक तथा आजीवन) जीवन बीमा योजना, सानिमा धनपति (अग्रिम भुक्तानी) जीवन बीमा योजना शुरु गरेको छ ।

भविष्यमा वीमा विशेषज्ञ बीमांकीबाट तर्जुमा गरिएका सर्वसाधारणले रुचाएका नविनतम जीवन बीमा योजनाहरु जन समक्ष प्रस्तुत गरि जीवन बीमाको क्षेत्रमा अग्रणी भुमिका निभाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

यस कम्पनीको अधिकृत पुँजी ३ अर्व र जारी पुजी २ अर्ब रुपैयाँ रहेको छ । जारी पुजी मध्ये १ अर्ब ४० करोड चुक्ता भैसकेको छ । निकट भविष्यमा जारी पुजीको ३० प्रतिशत अर्थात रु ६० करोड सर्वसाधारणमा सेयर बिक्री गरी चुक्ता पुजी रु २ अर्व कायम गरिने कम्पनीले जनाएको छ ।

त्यसैगरी २२ गते नै सम्पन्न कम्पनीले आफनो प्रथम वार्षिक साधारण सभाबाट कुमारप्रसाद कोइरालाको अध्यक्षतामा चार सदस्यीय सञ्चालक समिति चयन भएको छ । कम्पनीको सदस्यहरुमा घनश्याम थापा, डा. सुवर्णदास श्रेष्ठ र बद्री विशाल घिमिरे रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया