सानिमा लाईफ इन्स्योरेन्स र सिन्धु विकास बैैंक विच बैंक्यास्योरेन्स

काठमाडौँ ४ चैत्र

सानिमा लाईफ इन्स्योरेन्स लि. र सिन्धु विकास बैंक लि. बिच यही फाल्गुन १९ गते बैंक्यास्योरेन्स सम्झौत भएको छ । एक कार्यक्रमका बिच कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश जोशीले सम्झौतामा हस्ताक्षर गर्नु भएको बैंकद्धारा जारी विज्ञाप्तिमो जनाएको छ । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा बनेपा शाखाका प्रमुख कृष्ण ढोडारी समेतको उपस्थिति रहेको र सम्झौता अनुसार ग्राहकहरुले सिन्धु विकास बैंकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया