सानिमा सेक्यूरिटीजको कारोबार बिधिवत रुपमा सुरुवात

काठमाडौँ ३० असोज २०८० -यस सानिमा सेक्यूरिटीज लिमिटेड ब्रोकर नं. ८३ ले आश्विन २९ गते देखि आफ्नो कारोबार बिधिवत रुपमा सुरुवात गरेको छ । उक्त कार्यक्रमको समुद्घाटन सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र यस सानिमा सेक्यूरिटीज लिमिटेडका संचालकहरुले संयुक्त रुपमा गरेका छन् ।समुद्घाटन् समारोहमा सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पाण्डेले सानिमा सेक्यूरिटीजको बिधिवत रुपमा कारोबार संचालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुका साथै ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए ।यस सानिमा सेक्यूरिटीज लिमिटेडले श्रावण १० गते को दिन नेपाल धितोपत्र बोर्ड बाट र भाद्र २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड बाट सदस्यता प्राप्त गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया