सानीमा लाइफ इन्स्योरेन्सको आईपीओमा २४ लाखभन्दा बढीको आवेदन
काठमाण्डौ २५ साउन २०७८ ।
सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन्।साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आईपीओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन्।
रु तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको तीन करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। उक्त कम्पनीकानुसार मागको तुलनामा ६ दशमलव ८४ गुणा बढीको आवेदन परेको थियो।
कम्पनीले निष्कासन गरेको शेयरमध्ये तीन लाख कित्ता कर्मचारीलाई र अर्को तीन लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षण गरी बाँकी ५४ लाख कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन्।
मागभन्दा बढीको आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिने जनाइएको छ। रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया