सामलिङ्ग पावरको आईपीओ बाँडफाँट

काठमाडौं १६ कार्तिक २०७८ ।सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ( बाँडफाँट भएको छ ।कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुला भएको आईपीओ मंगलबार विहान बाँडफाँट गरिएको हो ।

कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको गरेको थियो ।दुई अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको दुई करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेकोमा ६७ हजार ८९० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन । बाँकी २१ लाख ९७ हजारले शेयर हात रित्तो भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया