सामसङले नेपालले ल्यायो ठूलो क्षमताको २ नयाँ एआई वाशिंग मशिन
काठमाडौं २२ पुस २०८१-सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई–वाश, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेकोआफ्नो नयाँ बिस्पोक वाशिंग मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ ।
स्मार्टथिंगस् एपद्वारा स्मार्टफोनको मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ । यसकासाथै तपाईँको धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन् सुविधाले उपयुक्त धुलाई साइकल पनि सुझाउँछ। यसमा भएको
स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई तपाईँको घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ।
यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई ब्रिधि गरी गहिराईलाई ६००एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ। योनयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिन्छ। दक्षता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर,यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ।१२केजी लाइन–अप दुइवटा फरक मोडलहरूमा उपलब्ध छ– डायल कन्ट्रोल भएकोWW12DG5B24AXIM र एलईडी डस्प्ले भएकोWW12DG6B24ABIM.। यी दुवै मोडलहरूको मूल्य क्रमशः रु १,१४,९९० र रु १,२०,९९० रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया