सामाजिक अगुवाहरुसंग प्रधानमन्त्री प्रचण्डको भने “देशमा सिष्टम बसाल्छु”

काठमाडौं ७ भदौ ।

प्रधानमन्त्री  प्रचण्डले चुनौतिको सामना गर्ने संकल्पसहित प्रधानमन्त्रीको पद सम्हालेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा  मंगलबार ललितपुरका सामाजिक अगुवाहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो बताएका हुन्  । उनले संविधान संशोधन र कार्यान्वयन, भूकम्पको पूनर्निर्माण र बेथितिको अन्त्य गरेर देशमा ‘सिष्टम’ बसाल्ने बताए ।  सामाजिक अगुवाहरुले भेटमा प्रधानमन्त्री प्रचण्डको कार्यकालमा उत्पीडितहरुले पहिचार र अधिकारको प्रत्याभूति हुने विश्वास व्यक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया