सामाजिक रुपान्तरणमका लागि जुड्दै बरङदी महिला समुहका महिला
राजु वस्याल,पाल्पा
नेपालको पर्यटकीय क्षेत्रको रुपमा रहेको पाल्पा जिल्लाको पर्यटकीय क्षेत्र श्रीनगरको हरियाली पहाडलाई छोएर रहेको वराङ्दी गाविसका महिलाहरुको दिनचर्या अन्य महिलाहरुको भन्दा फरक रहेको छ । अर्थात् उनिहरु समाज र आफुभन्दा पछिल्ला पुस्ताका लगि अलिकती जीम्मेवार र उत्तरदायीत्व वन्दै गएका छन् भन्ने कुरा उनिहरुका कार्यले पुष्टी गर्दछ । महिला त्यसमा पनि ग्रामीण वस्ती विहान, दिउसो, साझ लगायत सवै समय उत्तिकै व्यस्तता र उक्तिकै कामकाज र मेलापातमा रहने महिलाहरु ,लगायत शिक्षण पेशा र सरकारी जागीरेका अलवा महिलाहरुले अक्तिरीक्त्त समयम निकाली सामाजिक विकास निर्माणका कार्यहरु पनि उक्तिकै सक्रिय भएर लागिरहेका छन् ।
आफ्नो क्षेत्रमा आम्दानीको श्रोत नभएर आफ्नो घरको जिवन धान्नकै लागि भए पनि आफ्ना श्रीमान, छोराछोरी लगायत परिवारका सदस्यहरु विदेसीनु पर्ने वाध्यता र वस्ती र समाजमा आफ्नो वस्तीप्रती पढ्दै गएको नकरात्मक र निरासावादी सोचहरु विचवाट युवाहरुमा ग्रामीण वस्तीहरु छाडि पलायन हुने प्रवृती हटाउन महिलाहरु आफै कम्मर कसेर लागेका छन् । बरु पुरुषहरुले घरको दैनिकी कार्यमा महिलाहरुलाई पनि सघाउन थालेका छन् । आफ्नो वस्तीमा आवस्यक पर्ने योजना आफै वनाउने निर्माणधिन योजनाहरुको नेतृत्व आफै लीने र आफ्नो आम्दानी वाट मासीक रुपमा वचत गर्ने,लगायत मासीक आम्दानी प्राप्त गर्ने महिलाहरुले आफ्नो मासिक आम्दानीमध्ये संस्थालाई सहयोग स्वरुप प्रदान गरी संस्थाका गतिविधि संचालन गर्दछन् । विभिन्न संघ सस्थाहरुसँग सहकार्य गरी परम्परागत कृषी व्यवसायलाई व्यवस्थीत गर्नुमा पनि महत्वपुर्ण भुमिका खेलेका छन् ।
वढि सुख, सुविधाभोगी हुन खोज्ने आजका युवा जमातका लागि ग्रामीण वस्तीहरु अभिषाप भएको कुरा देशका सवैतिरका ग्रामीण वस्तीहरु युवाविहीन भएको कुरा जताततै व्यप्त छ । सवैको ग्रामीण वस्तीहरु प्रति नकारात्मक सोच भएकै कारण भएका युवाहरुमा पनि समाज प्रति त्यस्तो सकारात्मक आजा र भरोसा जाग्न नसकी उनीहरुका लागि विकास र परिवर्तन अलि झर्का विषय लाग्ने गरेका छन् सायद ती परिवर्तन र विकास वाहिरी विश्व वा आफ्ना वस्ती वा देशवाहिरका कुरा भन्दा अरु पत्यार नलाग्न सक्छ । राजनैतिक दलहरु पनि सामाजिक परिवर्तन भन्दा पनि परम्परागत राजनितिक सैली अपमनाउदै अरुलाई फुटाउ र राज गर भन्ने नीतिभन्दा माथि उठ्न नसक्नुले ग्रामीण वस्ती अझै पनि अध्यारो दिशावाट माथि नउठ्ने भयानक संकेत गर्दछ । राजनैतिक दलहरुले यस आफ्नो पुरानो सैलि र संकारलाई कहिले परिवर्तन गरी विकास र परिवर्तनलाई अगाली वस्तीहरुमा पलायनवादि प्रवृतिलाई हटाई कहिले आशा र खुसीका किरण छर्न सक्ने हुन् वा होइन् त्यो त आगामी दिनहरुले नै वताउला ।
तापनि त्यहाका महिलाहरुले आफ्नो वस्तीमा देखा परेको नकारात्मक र निरासावादी सोचलाई हटाउन सफल भएका छन् । घरपरिवारमा केन्द्रीत महिलाहरु त्यसमा पनि घरपरिवारका सदस्यहरु प्रति उत्तीकै उत्तरदायी हुनुपर्ने मेला, पाता, पसु पंक्षि लगायतका कार्यहरु सँगसँगै महिलाहरु समाजका दिर्घकालीन योजनाहरु सँगसँगै लानुले महिलाहरुमा साच्चीकै फराकीलो र खुल्ला सोचको संकेत गर्दछ ।
स्थापना भएको छोटो समयमै २० लाख भन्दा वढिका योजनाहरु सार्वजनिक भवन र आधुनिक विवाह मण्डप आफ्नै नेतृत्वमा सम्पन्न गरेका महिलाहरुले अहिले महिलाहरु वराङदी वडा नं ९ देखि रानीमहलसम्म जानका लगि ट्रेकीङ निर्मणमा जुडेका छन् करिव ८ किलोमिटर रहने उक्त ट्रेकीङ रुटमा सुन्दर हिमलयहरु कञ्चङजंगा, अन्नपूर्ण, माछापुच्छे,धौलागीरी,अपि लगायत गणेश हिमालय श्रीङखलाहरुको अवलोकन गर्न मिल्नुका साथसाथै । वरीपरी स्याङजा पर्वत गूल्मी अर्घाखाची, वाग्लुङ, तनहू, लगायत कास्की गोरखा, लमजुङजम्मका टाढा टाढाका दुरीहरुको अवलोकन गर्नुको साथसाथै वरीपरीका खोला, नदि झरनाहरुको लगायत भीर पाखाहरु समेत अवलोकन मील्ने गरी उपयुक्त स्थानको छनोट गरीयबाट साच्चीकै ट्रेकीङ रुटमा रमाउनेहरुका लागि रोजाइको स्थान भई आन्तरीक नभई वाह¥र्य पर्यटकको लागि पनि गन्तव्य स्थलमा विकसीत भई उक्त स्थानको परिवर्तनमा नयाँ उचाई थपीनेमा त्यहाका महिलाहरु विश्वस्त देखिन्छन् । त्यस्तै आफ्ने वस्ती नजिकै रहेको खुला सार्वजनिक स्थलमा खेलकुद मैदान,आधुनिक स्यीमीुङपुल लगायत आधुनिक पार्कको निर्माण गर्ने योजना रहेको वताउछन् । त्यसको जिम्मेवारी पनि स्यम् महिलाहरुले नै लिने स्थानिय महिलाहरु वताउछन् ।
उक्त स्थानका महिलाहरु समाजको सामाजिक रुपान्तरणका लागि परेका छन् । आफ्नो वस्तीलाई हेर्ने सकारात्मक र आशाको रुपमा हेर्ने हेराईमा परिवर्तन गराउन लागि पेरका छन् र केहि हदसम्म पनि सफल भएका छन् । पहाडी ग्रामीण वस्ती जो सक्षम र सफल भन्नेहरुवाट हेपिदै आयको कुरा जताजतै सर्वजीवीदै छ बा तराइ र उच्च सहरीया नजरमावाद दुर्गम नाममा परिचित सवैको नजरवाट अभिषाप वनेका वस्तीमा पनि केहि अवसर र सम्भावनाका सम्भावनाहरु हुन सक्छन् यहि आशालाई जगाई मिलेर कार्यमा जुटेका छन् त्यसमा कुनै प्रकारको स्वार्थ झै– झगडा वेमेल नगरी । वरु उनिहरुको त्यसभित्र सवैको एउटा साझा स्वार्थ लुकेको छ ।आफ्ना श्रीमान र कसैका छोरा छोरी साँझ विहानको रोजी रोटिका लागि विदेसका गल्लीहरुमा धाउन नपरोस् । सुख र सुविधाका लागि तराई वा अन्य कुनै सहरमा सर्नु नपरोस । आफ्नो सिप र दक्षतालाई आफ्नै वस्तीमा उपयोगका निम्ती अवसर मिलोस् । उनिहरुका यस्ता सकारात्मक सोचहरुले चाडै मुर्त रुप पाउन् ।
प्रकासित मिति : १६ जेस्ठ,२०७३
फेसबुकबाट तपाईको प्रतिक्रिया