सामाजिक सञ्जालमा भाइरल तरकारीवाली भन्छिन-“गाउँकी छोरी हुँ,नेगेटिभ कमेन्ट नगरिदिनुहोला “।

 चितवन २० कात्तिक ।

सामाजिक सञ्जालमा फोटो भाइरल बनेपछि चर्चामा आएकी ‘तरकारीवाली’ कुसुम श्रेष्ठको दैनिकी अहिले फेरिएको छ ।  सुरुमा तेस्तो चर्चाबाट डराएकी उनी नकारात्मक कमेन्टहरुबाट अझै पनि झस्किन्छन् । र भन्छिन्- ‘म गाउँकी छोरी हुँ, कृपया नराम्रो कमेन्ट नगरिदिनुहोला ।’

आफ्नो तस्वीर तरकारीवालीको नाममा भाइरल भएपछि कुसुमलाई हिजोआज  फोन उठाउन भ्याई नभ्याई छ । गाउँका साथीभाइ ईष्टमित्रदेखि पत्रकारसम्मले फोन गरेर बधाइ दिने र कुराकानी गर्ने क्रम अझै नरोकिएको उनि बताउछिन  ।

चितवन बस्दै आएकी उनि तिहार विदामा घरमा आएका बेला बुबाआमाले फलाएको टमाटर बेच्न भैरवी कृषि सहकारीमा आउँदा उनको तस्वीर कीर्तिपुरका रुपचन्द्र महर्जनले खिचेका थिए ।

झोलुङ्गेपुलबाट तरकारी बोकेर आउँदै गरेको र बजारमा मोबाइलमा कुरा गर्दै गरेको तस्वीर फेसबुकमा पोष्ट भएपछि उनी #Tarkariwali को नाममा चर्चामा आइन् ।

उनि भन्छिन्, सुरुमा त निकै डर लागेको थियो तर, अहिले रामैसँग बोल्छु । फोन आएर हैरान छु । चार्ज सकिएपछि बल्ल आनन्द हुन्छ ।’

गोरखाको कृषिक परिवारमा जन्मिएकी उनी भन्छिन्, ‘१२ वर्षदेखि तरकारी बेच्दै आएकी हुँ, काम गर्दा मलाई गौरव लाग्छ ।’

उनी अहिले चितवनको क्वेष्ट मोडेल कलेजका व्यवस्थापन संकाय कक्षा ११ मा अध्ययनरत छिन् । कुसुमले बताए अनुसार उनी स्टाप नर्स बन्न चाहन्थिन् । तर, परिवारको आर्थिक अवस्थाले सम्भव भएन ।

इन्टरनेटमा आफ्नो तस्वीर भाइरल भएपछि कुसुमको रहर थपिएको छ, मोडलिङ । लजालु स्वाभावकी उनलाई मोडलिङ तथा फिल्मको अफर पनि आउन थालिसकेको छ । उनले पनि सामाजिक संस्कृतिमा आधारित फिल्म खेल्न तयार छिन ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया