सामाजिक सञ्जाल टिकटक आजैदेखि बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ कात्तिक २७, २०८०।

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन् ।

टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने उनले बताइन् ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि टिकटक बन्द हुने बताएका छन््।

‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णयमा पुगिएको उनीहरुले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया