२०८२ फाल्गुन ६ | Feb 18, 2026

सामान्य घट्यो सुनको मूल्य, चाँदीको मूल्य हालसम्मकै उच्च

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २
|
9.2k views

ललितपुर । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँ कायम गरिएको छ । मंगलबार भने सुन प्रतितोला २ लाख ५९ हजार ९०० रुपैयाँमा खरिद विक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने उच्च दरले बढेको छ । आज चाँदी प्रतितोला १७० रुपैयाँका दरले बढेको हो । जसअनुसार चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । मंगलबार भने चाँदीको मूल्य ३ हजार ८ सय ८५ रुपैयाँ कायम गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया