सामुदायिक रेडियोको नवीकरण जिल्ला हुलाक कार्यालयबाट

काठमाडौँ ११ माघ

पाल्पा – पाल्पाको रामपुर नगरपालिकास्थित सामुदायिक रेडियो रामपुरले जिल्ला हुलाक कार्यालय, पाल्पाबाट आफ्नो नवीकरण गर्न थालेको छ ।सरकारले १०० वाट क्षमताका रेडियोको नवीकरण र रोयल्टी तिर्ने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै सूचना मन्त्रालय धाउन नपरेको स्टेसन म्यानेजर शुकदेव पोखरेलले जानकारी दिए ।

जिल्ला हुलाक कार्यालयका प्रमुख खेतबहादुर खत्रीका अनुसार जिल्लामा १०० वाटसम्मको क्षमता भएको सामुदायिक रेडियो रामपुरको आव २०७२-०७३ र ०७३ – ०७४ को नवीकरण जिल्ला हुलाक कार्यालयबाट भएको बताए ।रेडियोले ०७३÷०७४ मा १८ हजार ३ सय २० रोयल्टीबापतको रकम जिल्ला हुलाक कार्यालयमार्फत सरकारलाई तिरेको हो । सय वाटको रेडियोले वार्षिक नवीकरणबापत दुई हजार सरकारलाई तिर्नुपर्ने कानुनी प्रावधान छ ।

एफएम रेडियो सञ्चालनमा आर्थिक समस्या हुने र पत्रकार लामो समयसम्म टिक्न नसक्दा गुणस्तरीय समाचार र स्थानीयस्तरका समस्या उठान गर्नमा समस्या हुँदै आएको रेडियो सञ्चालक बताउँछन् ।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया