सार्वजनिक जग्गामा निर्माणाधिन घर भत्काउन खोज्दा वडाध्यक्षमाथि हातपात
पोखरा, चैत्र ३, २०८१ । सार्वजनिक जग्गामा घर निर्माण भइरहेको थाहा पाएर त्यहा पुगेको वडाअध्याथि हातपात भएको छ । पोखरा निर्मलपोखरीका २१ वडाका अध्यक्ष दीपक सुवेदीमाथि हातपात भएको हो ।
सार्वजनिक जग्गा हडपेर बनेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार भएको हो । वडा नम्बर २१ का अध्यक्ष दीपक सुवेदीसहित जनप्रतिनिधिहरूलाई हातपात भएको हो ।
शनिबार पोखरा निर्मलपोखरीको बाँझीपोखरीमा निर्माणाधीन संरचना हटाउन पुगेका वडाअध्यक्ष दीपक सुवेदी र वडा सदस्य विमला केसी सहितका जनप्रतिनिधिहरुलाई संरचना निर्माण गराइरहेका स्थानीय भूपेन्द्र गिरीले अपशब्द बोल्दै रडले समेत प्रहार गरेका थिए ।
वडाअध्यक्ष र जनप्रतिनिधिमाथिको प्रहारपछि विवाद चर्किएको थियो । निकैबेर विवाद चर्किएपछि उक्त संरचना हटाउन नगर प्रहरी पुगेको थियो । म राज्यको नियम पालना गराउन गएको हुँ । तर मैमाथि ज्यान मार्ने उद्देश्यले रड प्रहार भयो, अध्यक्ष सुवेदीले भने ।
सार्वजनिक जमिन अतिक्रमण गरी संरचना बनाएको खबर पश्चात् यसअघि पनि पटक पटक सो संरचना हटाउन अनुरोध गर्दै कागजपत्र लिएर कार्यालय आउन वडाअध्यक्षले अनुरोध गरेका थिए । जति अनुरोध गर्दा पनि अटेर गरी उल्टै नगर प्रहरी, वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरूमाथि हातपात र आक्रमण गरेपछि नगर प्रहरी घटनास्थल पुगेको थियो । यो घटना निन्दनीय भएको भन्दै नगरपालिकाका मेयरले पनि यसको विरोध गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया