‘साल्ट ट्रेडिङले अनुदान पाएको छैन, घोटाला भो भन्ने समाचार निराधार हो’–विभागिय प्रबन्धक झासँगको कुराकानी
ब्रजेश कुमार झा, विभागिय प्रबन्धक
साल्ट टेड्रिङ कर्पोरेशन
१) साल्ट ट्रेडिङको व्यापार व्यवसायको अवस्थाको बारे केही बताइदिनुहोस् न ?
साल्ट ट्रेडिङ बि.स २०२० साल भाद्र २७ गते स्थापना भएको हो । तत्कालिन अवस्थामा नेपाल सरकार र नुनको कारोबार गरिराखेका जति पनि व्यापारीहरु थिए ती सबैलाई समेटेर यो नेपालकै पहिलो पीपिपि मोडलमा स्थापना गरिएको संस्था हो । यसले आफनो नुनको कारोबारबाट सुरु गरेर विस्तारै देशमा औधोगिककरणको अवस्थालाई सिर्जना ग¥र्यो । जस्तै खाद्य उधोग लिमिटेड, प्रथम बनस्पती घिउ उद्योग, नेशनल फाइनान्स् जुन अहिले सनराइज बैकमा मर्ज भएको छ । त्यस्तै सगरमाथा इन्स्योरेन्स लगायत यस्ता विभिन्न औधोगिक, वित्तिय एवं इन्योरेन्सको सेक्टरमा संस्थाहरु जन्माउन यसले महत्वपूर्ण भुमिका खेल्यो । आफनो स्थानिय उत्पादनलाई बजारीकरण गर्नेतिर र बाहिरबाट जुन आयात गनुपथ्र्थो त्यो प्रतिस्थापन गर्नलाई यस संस्थाले औधोगिकरण नीति लियो । जसले ठुलो मात्रामा रोजगारको समेत सिर्जना ग¥र्यो । अहिले साल्ट टेडिङले अत्यावश्यक बस्तुको कारोबार गरिरहेको छ । जस्तै नुन, चीनि, चामल, दाल, मैदा, पिठो, सुजी, खने तेल, घिउ, गेडागुडी आदि इत्यादीको । त्यस्तै नेपाल सरकारले किसानलाई अनुदान दिएको मल पनि साल्ट टे«डिङले बेचिरहेको छ । त्यस्तै गैर अनुदानमा ल्याएको मल पनि हामीले बेचिरहेका छौ । अर्को कागजको व्यापार छ हाम्रो । हामीले यो प्रिन्ट मिडियाहरुलाई दिइरहेका छौ । एसटीसि ग्यास भनेर ल्याएका छौ हामीले । याबत कामहरु हाम्रो निरन्तर चलिरहेको छ ।
२) साल्ट साल्ट ट्रेडिङको वित्तिय स्वास्थ्य चाँही कस्तो छ ?
राम्रो छ एकदम ।
३) केही पत्रपत्रिकाहरुमा साल्ट टे«डिङमा घोटाला भयो । अनुदानको पैसा शेयरमा परिणत गरे भनेर आएको छ नी ? वास्तविकता के हो ?
कसैले के मनमा लाग्यो त्यो लेखिदिँदैमा त्यो भएको हुदैन । शेयर पनि घोटाला हुन्छ र ? नेपाल सरकारले साल्ट ट्रेडिङलाई ढुवानी गर्नका लागि, दुर्गमका जनताहरुका लागि ढुवानी गरिदेउ भनेर दिएको पैसालाई शेयरमा परिणत गर्न मिल्छ ? कुनै कारणले मिल्छ ? ढुवानी पनि गर्न र सरकारको नाममा शेयरमा परिणत पनि गर्न सम्भव होला ? पत्रिकाहरुले कसरी लेखे, त्यो उनीहरुलाई नै थाहा होला । या कुनै वीज्ञले त्यस्तो राय दिइरहेको छ भने हामीलाई पनि बताओस् एकाउन्टिङ कसरी गर्ने त्यो चीजलाई । जुन कुरा नेपाल सरकारले आपुर्ती मन्त्रालय अन्र्तगत नेपाल सरकारको बजेटमा पारेर पिउन कार्यक्रम अन्र्तगत राखेर त्यसलाई ढुवानी गराउने, दुर्गम क्षेत्रमा पठाउने अनि त्यो कार्यक्रम सफल भएको भनेर आपुर्ती मन्त्रालयले देखाउने, बजेटमा परेको कुरा । त्यसको आर्थिक बर्ष समाप्ती पश्चात महालेखा परिक्षक कार्यालयबाट लेखा परिक्षकहरु आउने, लेखा परिक्षण गनेर्, बरुजु पनि नदेखिने, अनि त्यो सिद्धिसकेको पैसालाई शेयरमा परिणत गर्ने भनेको त हास्यास्पद कुरा होइन र ? शेयर भन्ने कुरा त कम्पनीले बोर्डबाट पास गरेर, साधारणसभाबाट पास गरेर, आफनो पुँजी बढाउने अथवा यसलाई के गर्ने वा राइट शेयरको रुपमा इस्यु गर्ने भन्ने कुराहरु हुनसक्छ । कसैले भन्दैमा शेयरमा परिणत हुदैन ।
फेरी अनुदान नेपालमा साल्ट ट्रेडिङलाई दिइएको छैन । दुर्गम क्षेत्रको जनतालाई सस्तो सुलभ रुपमा नुन उपलब्ध गराउन दिएको पैसा हो । त्यो साल्ट टे«डिङलाई दिएको होइन । ढुवानी गर्नलाई मार्फत मात्रै साल्ट टे«डिङ हो । ढुवानीकर्तालाई साल्ट टे«डिङले भुक्क्तानी गरिसक्यो । त्यसको जाँचबुझ, जे जाँच्ने हो लेखा परिक्षण हो । त्यो पनि नेपाल सरकारको लेखा परिक्षकहरुले गरिसके । अब त्यो गरिसकेको चीजलाई, खर्च भइसकेको चीजलाई पैसै छैन भने त्यसलाई कसरी शेयरमा कन्र्भट गर्ने ?
४) नेपालका चल्तीका बैकहरुले बार्षिक रुपमा दिन नसकेको दरको लाभांम्स साल्ट ट्रेडिङले आफना लगानीकर्ताहरुलाई दिएको छ । कसरी सम्भव भयो ?
अलिकति म पहिलाकै प्रश्नमा जोड्छु । जहाँसम्म साल्ट टेडिङलाई अनुदान दिएको होइन । शेयरको कुरा जो उठिरहेको छ अनुदान भनेर दिएको रकम शेयरमा परिणत ग¥यो भनेर । साल्ट ट्रेडिङलाई दुर्गम क्षेत्रका जनतालाई सेवा पु¥याउने उदेश्यले त्यो ढुवानी बापत लाग्ने खर्च उपलब्ध गराएको हो । किनभने अत्यावश्यक बस्तुको आपुर्ती गर्ने जिम्मेवारी राज्यको हुन्छ । राज्यले आफैले गरोस् अथवा आफना माताहातको निकाय मार्फत गराओस् । हामी साल्ट टे«डिङको नेटवर्क अधिराज्यभर दुर्गम क्षेत्रमा पनि यथेष्ट भएको कारणले गर्दाखेरी राज्यले हाम्रो संयन्त्रलाई प्रयोग गरेको हो नुन पु¥याउनका लागि । त्यसपछि गोदामको कुरा छ । गोदाम पनि हामीले मागेर बनाएको होइन । हामीलाई बनाइदेउ भनेको होइन । अथवा हामीलाई पैसा दिएर जापान सरकारले बनाएको हैन त्यो । नेपाल सरकारको आवश्यकता थियो नियन्त्रण गर्नका लागि । त्यो आवश्कयताको लागि नेपाल सरकारले जापान सरकारसँग अनुरोध ग¥र्यो । जापान सरकारले हाम्रो ल्याण्डमा आफैले बनाइदिएको हो गोदाम । उनीहरुले नै टेण्डर गरे, उनीहरुकै मेनपावर थियो । उनीहरुकै टेक्निशियन थिए । त्यसमा साल्ट ट्रेडिङको जग्गा छ । र, नेपाली अदक्ष मजदुर, माटो, गिटी वालुवा मात्रै प्रयोग भएका हुन् । अरु कुनैपनि नेपालको प्रयोग छैन । सिमेन्ट, किला जेजति कुराहरु थिए, त्यो सबै बाहिरबाटै ल्याएका थिए । त्यही भएर गोदाम यथावत छँदैछ । त्यो क्लजलाई, एउटा मात्रै बुदा सहमती सम्झौतालाई हेर्दाखेरी त्यसमा भएको प्रत्येक बुदाको अर्थ हुन्छ । एउटा मात्रै बुदा पढेर हात्तिलाई अन्धाले छोएजस्तो गर्नु भएन । जबसम्म एउटा सम्झौता सहमतीको प्रत्येक बुँदालाई पढिदैन । त्यसमा प्रष्ट ब्यवस्था छ, साल्ट ट्रेडिङले नुनको कारोबार छोडेमा, नेपाल सरकारले साल्ट ट्रेडिङलाई नुनको कारोबार गर्न बन्देज लगाएमा त्यो गोदामले चर्चेको जग्गा चलनचल्ती मुल्यमा नेपाल सरकारलाई बेच्नु पर्नेछ भन्ने प्रष्ट ब्यवस्था गरिएको छ । त्यस विपरित कसैले लेखिदिदैमा केही हुदैन । यदी अनुदानलाई नै हेर्ने हो भने जति पनि प्राइभेट हस्पिटल छन् । ती प्रत्येक जसोले कुनै न कुनै ठाउँबाट मेसिन, उपकरणहरु अनुदानमा पाएका छन् । हालसालै काठमाण्डौ विश्वविधालयले एक अर्ब ४ करोड रुपैया अनुदान पाएको छ । अर्थमन्त्रालयकै साइडमा देखेको मैले त्यो । के काठमाण्डौ विश्वविधालयलाई नेपाल सरकारको शेयरमा परिणत गर्ने त्यो रकमलाई ? अहिले भुकम्प पिडितलाई सरकारले ३ लाख दिइरहेको छ । उदाहरणको लागि मेरो सिन्धुपाञ्चोकको सानो गाउँको कुनाकाप्चामा घर छ दुइ अढाइ आनामा बनाएको । त्यहाँ पछी तेरो जग्गा २० हजार भन्दा बढीको छैन । ३ लाख त हामीले दिएको हो । घर त मेरो भन्न मिल्छ ? अहिले मलमा अनुदान दिइरहेको छ । प्रत्येक स्कुललाई अनुदान दिइएको छ । जताततै हेर्नुस स्कुलमा भारतीय सहयोग भनेर देखिन्छ । अब त्यो सहयोग भारत सरकारले दिएको भएतापनि त्यहाँ स्कुलमा नेपाल सरकारको शेयर भयो भन्न मिल्छ ? कुनै तुक छ ती कुराको ? त्यसकारण पत्रिकामा आएका ती सब कुरा गलत हल्ला मात्र हुन् । यसमा केही कसैको स्वार्थ हुनसक्छ । त्यो हामीलाई थाहा छैन ।
अब तपाइले सोध्नु भएको डिभिडेन्टको जो कुरा छ । त्यो के भने हामी एकदमै कम नाफामा अधिकतम मात्रामा कारोबार गर्छौ । हाम्रो खर्च कम हुन्छ । साल्ट ट्रेडिङको यत्रो नेटवर्क झण्डै झण्डै ९० ओटा अफिस छ । हामी कर्मचारी ३ सय चानचुन मात्र छौ । त्यसैले जनाउँछ ९० ओटा अफिस सञ्चालन गरिरहेको संस्थाले ३ सयमात्र कर्मचारी राखेर कसरी चलाएको होला । हाम्रो कम मुनाफा लिने, उच्च गुणस्तरको चीज दिने, सर्बसुलभ गराउने गर्छौ त्यसले कारोबार बढाउँछ । कारोबार बढेपछी एक प्रतिशत नाफाले पनि धेरै हुन आउँछ । हाम्रा शेयर होल्डरहरु कम छन् । त्यसले गर्दाखेरी उच्च दरको डिभिडेन्ट वितरण गर्न हामी सक्षम भएका छौ ।
प्रस्तुती : रिसव गौतम/जर्नादन न्यापाने
प्रकाशित मिति २०७५-३-२८
फेसबुकबाट तपाईको प्रतिक्रिया