साल्ट ट्रेडिङले ३५ प्रतिशत लाभांश दिने

काठमाडौं ८ माघ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरणको प्रस्ताव गरेको छ। संस्थानले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरि ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो।

बिगत ६ वर्षदेखि निरन्तर २० प्रतिशतभन्दा बढी लाभांश दिँदै आएको साल्ट ट्रेडिङको साधारणसभाले लाभांश वितरणको सो प्रस्ताव पारित गरेपछि संस्थानका शेयरधनीले लाभांश पाउनेछन्।

संस्थानले प्रत्येक वर्ष बोनस शेयर पनि दिँदै आएको छ। गएको आर्थिक वर्षमा पनि संस्थानले २५ प्रतिशत लाभांश दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया