साल्ट ट्रेडिङ कर्पोरेशनले गर्यो लाभांश घोषणा

काठमाडौं २९ फागुन २०७८।

साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ । कम्पनीको आज आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७ र ७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले १० प्रतिशत बोनस र ०.५ प्रतिशत नगद गरि कुल १०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया