साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि

काठमाडौं २० भदौ

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान गरेको छ।  सोमबार काठमाडौंमा विश्वविद्यालयले  गरेको विशेष दीक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले झमकलाई विद्यावारिधि उपाधि र प्रमाणपत्र प्रदान गरेकी हुन्।

मध्यमाञ्चल विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले साहित्य साधानाद्वारा समाजमा योगदान दिएका उदाहरणीय व्यक्तिलाई विश्वविद्यालयले विद्यावारिधि उपाधि दिएकोमा खुसी व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले भने, ‘संघर्षको सम्मन स्वरुप सही मान्छेलाई चुनेकोमा विश्वविद्यालयलाई धन्यवाद दिन चाहान्छु।’ नेपाली साहित्यमा शारीरिक दुर्वललता हुँदाहुदै उल्लेखनीय योगदान दिएर समाज सेवा एवं भावी पुस्तालाई प्रेरणा दिएकोले झकमलाई मानार्थ विद्यावारिधिको उपाधि दिइएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइरालाले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया