सिंहदरबार भत्काउने कि नभत्काएरै बनाउने ?

काठमाडौँ १५ जेठ  ।

भूकम्पबाट क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूल भवन भत्काएरै बनाउने वा बलियो हुने गरी पुनर्निर्माण गर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ । पुरातत्व विभाग एक सय वर्ष नाघेको पुरातात्विक महत्वको सिंहदरबार केही बढी खर्च लागे पनि नभत्काई हालकै अवस्थामा मजबुत बनाउनुपर्छ भन्नेमा छ भने सिंहदरबार पुनर्निर्माण आयोजना भूकम्पले निकै कमजोर बनाएको यो भवन नभत्काइ बनाउन नसकिने अडानमा रहेको छ । पुनर्निर्माणका क्रममा यी दुई प्रकारका कार्य विधि प्रस्तुत भइरहेका छन् । पुरातत्व विभागका डिभिजन इन्जिनियर सम्पत घिमिरे सिंहदरबारको पश्चिमतर्फको मूल भवन नभत्काइ बलियो बनाउन सकिने राय आफूबाट प्रस्तुत भएको तर आयोजनाले पूरै भवन नभत्काइ नहुने राय राखेको बताउछन् । आजको गोरखापत्र दैनिकमा खबर छ । सिंहदरबार पुनर्निर्माण आयोजना प्रमुख तथा सहरी विकास विभागका सहसचिव पदम मैनाली भने भूकम्पले निकै क्षति भएको सिंहदरबारको ईट्टा गारो सवै अति कमजोर भएका कारण नभत्काइ पुनर्निर्माण हुन नसक्ने बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया