सिईडिबि हाइड्रोपावरको आइपीओ बाँडफाँट,यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं ३१ बैशाख २०७८ ।
सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट भएको छ । आज शुक्रबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओमा १६ लाख ३७ हजार ६५९ वटा योग्य आवेदनबाट २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयर आवेदन भएको थियो । नतिजा अनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । त्यसमध्ये ४ जनाले थप १ कित्ता शेयर पाएका छन् । बाँकी १४ लाख ३ हजार ४६४ आवेदकको हात खाली भएका छन् ।
कम्पनीले बैशाख १७ गते देखि २१ गतेसम्म सर्वसाधारणका लागी जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
आवेदकले नतिजा https://iporesult.cdsc.com.np/ बाट हेर्न सक्नेछन्। शुक्रबार साँझबाट मात्रै नतिजा हेर्न सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया