सिङ्गापुरको आर्थिक वृद्धिको प्रक्षेपण बढ्यो

सिङ्गापुर १ असार ।
निजी क्षेत्रका अर्थविद्माझ गरिएको एक सर्वेक्षणमा सन् २०१७ को सिङ्गापुरको आर्थिक वृद्घि प्रक्षेपणमा कटौती गरिएको छ । सर्वेक्षणमा यसअघि गरिएको २ दशमलव ३ प्रतिशतको सिङ्गापुरको आर्थिक वृद्धि प्रक्षेपणलाई पुनरवलोकन गर्दै साढे २ प्रतिशतमा उकालिएको मोनिटरी अथोरिटी अफ सिङ्गापुर (एमएएस) ले बताएको छ । यो वर्षको पहिलो त्रैमासमा त्यहाँको अर्थतन्त्र २ दशमलव ७ प्रतिशतले बढेपछि यो वर्षको वृद्धि प्रक्षेपण पनि बढाइएको हो ।
पहिलो त्रैमासको आर्थिक वृद्धि पनि अनुमान गरिएको २ दशमलव ६ प्रतिशतको तुलनामा केही बढी हो । दोस्रो त्रैमासमा सिङ्गापुरको अर्थतन्त्र २ दशमलव ७ प्रतिशतले बढ्ने सहभागीहरूको अनुमान छ । रासस/सिन्हवा
फेसबुकबाट तपाईको प्रतिक्रिया