सिटिजन्सद्वारा बेबी लाईफ होमलाई आर्थिक सहयोग

बिजनेसपाटी २९ माघ ।
“योर पार्टनर फर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनलले करिब एक दशकदेखि एचआईभी संक्रमित बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई रू एक लाख पचास हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो एघारौ बार्षिक उत्सवको उपलक्ष्यमा सो संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।
एक भब्य कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समुपस्थितिमा एक लाख पचास हजारको चेक संस्थाका संचालक राजकुमार पुनलाई हस्तान्तरण गरिएको छ । बेबी लाईफ होममा रहेका २३ जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक राज कुमार पुनले जानकारी दिए । कार्यक्रमलाई सम्बोेधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले बालबालिकाको मनोबल बढाउने कुरा अभिव्यक्त गरे । यसै प्रसङ्गमा बोल्दै भ०डारीले बालबालिकालाई सुखमा मातिन र दुखमा नआतिन भनि बालबालिकालाई हौसला प्रदान गरे।
हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंक प्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्त गर्दै खुशियाली जाहेर गरेका थिए । उक्त समारोहमा बेबी लाईफ होमको छात्राबासमा उज्यालो भबिष्यका निम्ति अहोरात्र खोजीमा रहेका बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तूत गरेका थिए ।
अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जानकारी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया