सिटिजन्स बैंकका ग्राहकलाई नेसनल प्याथल्याबको हेल्थ प्याकेजमा आकर्षक छुट

काठमाण्डौ २३ भदौ २०७९सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित“क”वर्गको नेसनल प्याथल्याबबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले नेसनल प्याथल्याबका विभिन्न स्वास्थ्य सम्बन्धिजाँच र हेल्थप्याकेजहरुमा १७% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्तगर्नुका साथै अधिकतम लाभ समेत प्राप्तगर्न सक्नेमा बैंक विश्वस्त रहेको छ।

आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क , ई.के.वाई.सी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ५७हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया