सिटिजन्स बैंकको नयाँ प्रबिधिमा आधारित मोबाइल बैंकिङ सेवा

बिजनेसपाटी २४ पौस ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो पुरानो मोबाइल बैंकिङ सेवा स्तरोत्रति गरी,नयाँ प्रबिधिमा आधारित मोबाइल बैंकिङ सेवा सुरmवात गरेको छ । यस नयाँ प्रविधिको मोबाइल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुनुका साथै विश्वको जुनसुकै कुनाबाट जिपीआरएस अथवाा वाईफाई प्रयोग गरेर समेत कारोबार गर्न सकिने बैकले जनाएको छ । यस मोबाइल बैंकिङ सेवाको प्रयोग गरेर रिर्चाज कार्ड किन्न, बिजुली, टेलिफोन, एडिएसल आदिको रकम भुक्तानी गर्न सकिनेछ । साथै यस बैंक भित्रको खाताबाट यसै बैंकको अर्को खातामा अथावा कुनै अर्को बैंकको खातामा ९४० वटा विभिन्न बैंक, बिकास बैंक तथा वित्त कम्पनी० रकम ट्रान्सफर गर्न, स्कुल, कलेज आदिको शुल्क तिर्न साथै क्रेडिट कार्डको रकम भुक्तान गर्न समेत सकिनेछ । हाल एनड्रोइड मोबाइल प्रयोगकर्ताको लागि पे स्टोरमा सिटिजन्स बैक स्मार्ट बैकिङ उपलब्ध रहेको छ भने आइफोन प्रयोगकर्ताको लागि केही समय पश्चात यो सेवा उपलब्ध हुने बैकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया